माधव नेपालको पार्टीले चुनावमा एक सिट जिते म राजनितीबाट सन्यास लिन्छु: योगेश भट्टराई

  • 220
    Shares

नेकपा एमालेका सचिव योगेश भट्टराईले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले निर्वाचनमा एक सिट पनि नजित्ने दाबी गरेका छन् ।

बिहीबार मकवानपुरको मनहरी गाउँपालिका कमिटीको नवनिर्वाचित कमिटीको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले आगामी निर्वाचनमा एक्लै चुनाव लडे माधव नेपालको पार्टीले एक सिट पनि नजित्ने बताएका हुन् ।

‘एमालेबाट चोइटिएर बनेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले एक्लै निर्वाचनमा भाग लिएको अवस्थामा एक सिट पनि जित्दैन,’ भट्टराईले भने ।

माधव नेपाललाई पार्टी विभाजनमा नलाग्न सुझाएको भन्दै उनले पार्टी फुटाएर अपराध गरेको बताए ।

उनले एमाले मात्र एक्लै चुनाव लडेर पहिलो शक्ति बन्ने हैसियतमा रहेको बताए ।

मुलुकमा एउटा मात्र कम्युनिष्ट शक्ति रहेको र त्यो एमाले मात्रै भएको उनको दाबी छ ।

एमालेलाई कुनै पनि दलले चुनौती दिन नसक्ने भन्दै उनले माओवादी र एकीकृत समाजवादीको जग नभएकाले ढल्ने निश्चित भएको बताए ।

भट्टराईले माओवादी केन्द्रको पनि हालत पनि एकीकृत समाजवादीको जस्तै भएको बताए ।

‘माओवादी केन्द्रको पनि अवस्था नाजुक नै छ ।

माओवादी अध्यक्ष प्रचण्ड कांग्रेससँग सिट माग्दै हिँडिरहेका छन् ।

नेपाल पनि कांग्रेससँग मिलेर चुनाव लड्छौं भनिरहेका छन् ।

कांग्रेस कसैसँग पनि तालमेल नगर्ने अवस्थामा पुगेको छ,’ उनले भने,

‘कांग्रेसले कति जनालाई सिट बाँड्दै हिँडोस् रु माओवादी र समाजवादीसँग जग छैन भन्ने कुरा कांग्रेसलाई थाहा छ ।’

प्राविधिक तथा व्यवसायिक शिक्षामा जोड दिनुपर्छ : मन्त्री पाैडेल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयले प्राविधिक तथा व्यवसायिक शिक्षालाई विशेष जोड दिनुपर्ने बताएका छन्।

सुदूरपश्चिम विश्वविद्यालयको नवौं वार्षिक साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै मन्त्री पाैडेलले प्राविधिक तथा व्यवसायिक शिक्षालाई जोड दिनुपर्ने बताएका हुन्।

विश्वविद्यालयले अनुसन्धानमुखी, गुणस्तरीय, नैतिकवान् एवम् योग्य जनशक्ति उत्पादनलाई पहिलो प्राथमिकता दिनुपर्ने उनकाे भनाइ छ ।

विश्वविद्यालयकाे सहकुलपति समेत रहेका पौडेलले विश्वविद्यालयलाई आवश्यक पर्ने जनशक्ति तथा आवश्यक स्रोत साधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए।

उनले भने, ‘सुदूरपश्चिम जैविक विविधतायुक्त प्राकृतिक सम्पदा तथा पर्यटनका अनन्त सम्भावनाहरु बोकेको क्षेत्र हो।

त्यहाँको आवश्यता र माग अनुसारको अनुसन्धामुखी शिक्षा सर्वसुलभ रुपमा व्यवस्था गर्न विश्वविद्यालयले प्रमुख भूमिका निर्वाह गर्नुपर्छ ।’

आजको प्रतिस्पर्धात्मक युगमा नेपालका विश्वविद्यालयबाट उत्पादित जनशक्ति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विविध क्षेत्रमा अग्रणी स्थान हासिल गर्न सफल भएको बताउँदै उनले थप योग्य जनशक्ति उत्पादनलाई पहिलो प्राथमिकतामा राख्न सुझाव दिए।

उनले कोभिड–१९ का कारण उत्पन्न असहज परिस्थितिमा पनि विश्विद्यालयले उपलब्ध सीमीत स्रोत साधन एवम् प्रविधिको उपयोग गरी वैकल्पिक माध्यमबाट पठन पाठनमा दिएको निरन्तरता प्रशंसनीय रहेको बताए।

विश्वविद्यालयको समृद्धि एवम् सफलताका लागि प्रशासनिक तथा सांगठनिक रुपमा सबल नेतृत्व, पारदर्शीता र जवाफदेहिता अपरिहार्य भएको मन्त्री पौडेलको भनाइ छ ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: