राजसंस्था पुनःस्थापना र हिन्दु रास्ट्र को लागि करिब 20 बर्ष देखि लड्नु बेकार भयो : कमल थापा

  • 2.8K
    Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन्।

 

लिङ्देनले अध्यक्षका अर्का उम्मेदवार कमल थापालाई हराएका हुन्।

 

पराजयपछि कमल थापाले भने- शिरमा कफन बाँधेर ०६३ देखि राजतन्त्र बोकेको पुरस्कार आज पाईयो।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन्।

 

राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्याएका छन्। थापाले जम्मा एक हजार छ सय १७ मत ल्याएका थिए। चार सय १३ मत बदर भएको थियो।

 

अध्यक्षमा पराजित भएपछि ट्वीट गर्दै अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्ने बताएका छन्।

 

उनले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको आरोप पनि लगाएका छन्।

 

‘प्रतिकूल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु। पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु,’ उनले भनेका छन्।

 

उनले ट्वीटमै पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजतन्त्र बोकेर हिँडेको पुरस्कार आज पाइयो भनेका छन्। तर उनले मेन्सन गरेको ट्वीटर ह्यान्डल पूर्वराजाले चलाउँछन् या चलाउँदैनन् भन्ने यकिन भने छैन।

 

‘मैले राहत र उन्मुक्ति पाएको छु। सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो,’ उनले भनेका छन्, ‘सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्।’

 

‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु। नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई वधाई तथा शुभकामना,’ थापाले भनेका छन्।

भर्खरै

सम्बन्धित समाचार

error: