भुल्ने कुराहरु `याद´ छ, त्यसैले त जिन्दगीमा `विवाद´ छ

  • 11
    Shares

. यो दुनिया यसकारण ले खराब छैन कि यहाँ खराब मान्छेहरु धेरै छन, बल्की यसकारण ले खराब छ कि यहाँ राम्रा मान्छेहरु चुप छन ।

२. जब आफुलाई चोट लाग्छ अरुको दर्द अनि मात्र महसुस हुन्छ ।

३. भुल्ने कुराहरु `याद´ छ, त्यसैले त जिन्दगीमा `विवाद´ छ ।

४. राम्रो दिन ल्याउन को लागि खराब दिन सित पहिला लड्नुपर्दछ ।

५. जन्म लिनुभएको छ भने केवल साँस मात्र नलिनुस, बाँच्ने उमङ्ग पनि राख्नुस शमशान यस्तो मान्छेहरुको खरानीले भरीएको छ । जसले सम्झिन्थे कि दुनिया उनीहरुको बिना चल्न सक्दैन ।

६. यदि तपाई सहि हुनुहुन्छ भने केही पनि साबित गर्ने कोसिस नगर्नुस प्रमाण समय ले आफै दिन्छ ।

७. यदी दुई व्यक्तिमा कहिल्यै लडाइ हुदैन भने बुझिहाल्नुस कि सम्बन्ध दिलले होइन दिमागले निभाइरहेका छन ।

८. जब मान्छे नयाँ मान्छेलाई भेट्छ तब पुरानो मान्छेहरुलाई भुलिदिन्छ, तर जब नयाँ मान्छेले दिल दुखाउछ भने तब याद पुरानै को आउछ ।

९. केही सम्बन्धहरु यस्तो हुन्छ जसलाई मान्छेहरु जोड्दा जोड्दा आफै टुट्छन ।

१०. आधा दुख गलत मान्छेमाथी आशा राखेर हुन्छ र आधा दुख सच्चा मान्छेमाथी शंका गरेर हुन्छ ।

११. प्रेम र मित्रतामा के फरक हुन्छ ? प्रेमले भन्छ ” तिमिलाई केही भयो भने म जिउदो रहन सक्दिन ।” अनि मित्रताले भन्छ ” जबसम्म म जिउदो छु, तिमिलाई केही हुदैन ।”

१२. भोको पेटले झण्डा बेचिरहेको छ र जसको पेट भरीएको छ उसले देश बेचिरहेको छ ।

भर्खरै

सम्बन्धित समाचार

काठमाडौंको नगरपालिकाको मेयरमा राप्रपाको जित

काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाका रमेश नापित मेयर पदमा विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका उम्मदवारलाई ७०४ मतको अन्तरले पराजित...

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति   तीन वटा बीमा कम्पनीहरु प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र...

चुनाव जित्न यस्तो षडेन्त्र गर्दै: रेणु दाहाल

भरतपुरमा एमाले कै चमत्कार, रेणु दाहाललाई झड्का, एमालेका विजय सुवेदी लिडिङ्गमा !   भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेद्वार विजय...

error: