धनी बन्ने गुणले भरिपूर्ण हुन्छन् यी ४ राशिका व्यक्ति : हेर्नुहोस् पुरा ।

  • 67
    Shares

भनिन्छ, धन भनेपछि महादेवका पनि तीन नेत्र खुल्छन् । मनग्य धन आर्जन गरेर सुखी जीवन विताउने मन सबैको हुन्छ। त्यसो त कति धन कमाउने भन्ने कुरा कर्मको फल पनि हो । ब्यक्तिले धन कमाउनको लागि के काम गर्छ त्यसमा पनि भर पर्ने कुरा हो ।कसले कति कमाउँछ र कमाएको सम्पत्तिलाई कसरी परिचालन गर्छ भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ । यद्यपी कतिपय अवस्थामा मेहनत गरेर मात्रै पनि पुग्दैन । ग्रह गोचर राशि लग्नले पनि प्रभाब पारेको हुन्छ । यदि तपाईँलाई ज्योतिष शास्त्रमा विश्वास लाग्छ भने भने हामीले यहाँ ज्यातिष शास्त्र अनुसार तपाईँको धनी बन्ने सम्भावनाका बारेमा चर्चा गर्दैछौँ ।

 

कुन कुन हुन् ती राशि ?वृष राशिः वृष राशीमा शुक्रको प्रभाव पर्ने भएकाले वृष राशी हुने व्यक्तिमा धन, वैभव, रोमान्स र विलासिताको कारक मान्ने गरिन्छ । यो राशि भएका व्यक्तिलाई धनी बन्ने कयौँ अवसरहरु आउने गर्छन् । यसरी आएका अवसरलाई सही रुपमा सदुपयोग गर्न सक्यो भने धनको वर्षा नै हने गर्छ ।वृश्चिक राशिः धनी बन्ने सम्भावना रहेका दोस्रो राशि हो वृश्चिक राशि । जसमा धनी बन्ने सबै प्रकारका गुणहरु रहेका हुन्छन् । यो राशि भएका व्यक्तिहरु आफूलाई मन परेको कुरा पाउन जस्तोसुकै काम गर्न पनि पछि पर्दैनन् । अरु भन्दा कसरी अगाडी बढ्ने भन्ने चिन्तामा रहने र हर काम गर्न प्रयासरत रहने भएकाले यो राशि भएका व्यक्तिहरु धनी बन्ने सम्भावना धेरै रहेको हुन्छ ।

 

कर्कट राशिः कर्कट राशि भएका व्यक्तिहरु भोगविलासी र आरामदायी चिजहरु प्राप्त गर्न निकै लालायित हुन्छन् । उनीहरु प्राकृतिक रुपमा नै जुझारु हुने गर्छन् । उनीहरुलाई भाग्यले पनि साथ दिने भएकाले धनी बन्ने सम्भावना यो राशि भएका व्यक्तिहरुमा धेरै रहेको हुन्छ ।सिंह राशिः यो राशि भएका व्यक्ति सिंह जस्तै स्वभाव भएका हुन्छन् । नेतृत्व गर्ने क्षमता प्रचुर मात्रामा हुने भएकाले सिंह राशि भएका व्यक्तिहरु धन कमाउने मामलामा निकै अगाडी रहेका हुन्छन् । आरामदायी जीवन व्यतित गर्नको लागि यिनीहरुले कडा परिश्रम गर्ने भएकाले पनि धनी बन्ने सम्भावना धेरै रहेको हुन्छ।

 

यसैगरी सर्वाधिक शक्तिशाली र प्रभावशाली ४ राशि :समुद्रशास्त्रका अनुसार बाहिरी कारकका अतिरिक्त केही प्राकृतिक कारक पनि हुन्छन्, जसले व्यक्तिको स्वभाव निर्धारण गर्छ।यस्ता प्राकृतिक गुणहरुलाई परिवर्तन गर्न सकिँदैन। एवम् प्रकारले ज्योतिषशास्त्रले ति प्राकृतिकम गुणलाई जन्म राशिको प्रभाव बताएको छ। ज्योतिषशास्त्रमा मुख्यतः चारवटा राशीलाई सबैभन्दा शक्तिशाली र प्रभावशाली राशि बताएको छ। ति चार राशि भएका व्यक्ति सबैमाथि हावी हुन्छन्।

 

यस्ता छन् ति चार राशिःमेष राशि:यो श्रेणीमा सबैभन्दा पहिलो नम्बरमा छ, मेष राशि । यो राशि सबैभन्दा ऊर्जावान राशि मानिन्छ । यो राशि भएका व्यक्ति सबैभन्दा शक्तिशाली र प्रभावशाली मानिन्छन् । यो राशि भएका व्यक्ति सधैं सक्रिय रहन्छन् । आफूले सुरु गरेको काममा सुरुमा असफलता हात लागेपनि यीनिहरुले फेरि नयाँ तरिकाले त्यही कामलाई सुरु गर्ने हिम्मत राख्छन्।

 

वृश्चिक राशि:वृश्चिक राशि भएका व्यक्ति समर्पित र इमान्दार हुन्छन् । साथै यस्ता राशि भएका व्यक्तिभित्र विद्रोही स्वभाव पनि प्रमुखताका साथ हुन्छ । जो व्यक्ति लायक हुन्छ, त्यस्तासँग यो राशि भएका व्यक्ति इमान्दारीसँग प्रस्तुत हुन्छन् । तर जो व्यक्ति आफैंमा धोकेबाज हुन्छन्, उनीहरुले वृश्चिक राखि भएका व्यक्तिसँग सधैं सावधान भएर रहनु नै राम्रो हुन्छ । यो राशि भएका व्यक्ति धेरै भावुक पनि हुन्छ।

 

कुम्भ राशि:कुम्भ राशि भएका व्यक्तिको सबैभन्दा ठूलो विशेषता यो हो कि, यीनिहरु कहिल्यै पनि भावनामा बहकिएर निर्णय गर्दैनन् । यदि आवश्यक पर्यो भने यीनिहरु आफ्नो भावन र आफ्नो समवेदनालाई किनारा लगाएर अगाडि बढ्न सक्छन्। अर्थात् कुम्भ राशि भएका व्यक्ति जस्तोसुकै कठोर निर्णय लिन पनि हिच्किचाउँदैनन् । यो राशि भएका व्यक्ति धेरै जिज्ञासु र बुद्धिमान पनि मानिन्छन्।

 

मकर राशि:यो राशि भएका व्यक्ति उत्कृष्ट मानिन्छ । किनभने यस्तो राशि भएका व्यक्तिमा आन्तनियन्त्रणको भावना धेरै प्रबल हुन्छ । यस्ता राशि भएका व्यक्ति अन्य व्यक्तिको तुलनामा उत्कृष्ट तरिकाले सोच्ने तथा बिचार गर्ने क्षमता हुन्छ । यो राशि भएका व्यक्ति सधैं सक्रिय रहन्छन् । साथै यस्ता व्यक्तिले छिट्टै सफलता पनि हासिल गर्छन्।

 

यसैगरी वृष राशी : वृष राशीको स्वामी शुक्र हो जसका कारण वृष राशिका मानिसहरु शुक्र ग्रह बाट प्रभावित हुन्छन । शुक्र ग्रहलाई धन, मानोरंजन र विलासिता को कारक को रुपमा मानिन्छ ।यसका कारण वृष राशीका मानिसहरु धनवान र खर्चालु स्वोभाबका हुन्छन । यी राशिका प्राय मानिसहरुको भाग्यमा भरपुर मात्रामा अवसर मिलेको हुन्छ जसले गर्दा जीवन सुखमय बित्ने गर्छ । यी मानिसहरु कुनै पनि समयमा धनको कारणले कुनै समस्यामा पर्दैनन् ।

 

कर्कट राशी : कर्कट राशिका मान्छेहरु लक्जरी वस्तुहरु प्राप्त गर्ने इच्छा गर्छन् । यी मानिसहरु पुरै जिन्दगी बिलासितामा बिताउने शोख राखछन् जुन उनीहरुको भाग्यमा लेखियको हुन्छ र पुरा गर्न समेत सक्षम हुनेछन् ।उनीहरु कडा परिश्रम गर्न समेत पछि पर्दैनन् त्यसैले उनीहरु प्रशस्त धन आर्जन गर्न सक्छन । यस राशिका मान्छेहरूको भाग्य सधैं उनीहरुसँग हुन्छ, जसको कारण उनीहरु धनी बन्न सक्छन ।

 

सिंह राशी : यस राशिका मान्छेहरु आफ्नो नेतृत्व विकासका सबन्धमा क्षमतवान हुन्छन । यिनीहरुमा कुनैपनि संघ–संगठन वा राजनीतिक दलको नेतृत्व गर्नसक्ने क्षमता रहेको हुन्छ । यी राशिका मानिसहरुमा अन्य १०० जनाले गर्ने कामको एक्लै सिद्ध गर्न सक्ने क्षमता रहेको हुन्छ ।

यिनीहरु कहिले पनि धनको पछाडी दौड्दैनन् तर उनीहरुको लक्जरी अवश्यकता पुरा गर्नका लागि मेहेनतका साथै कडा परिश्रम गर्ने गर्छन ।

 

वृश्चिक राशी : यो राशिका मानिसहरु धेरै विशेष हुने गर्दछन् । यिनीहरु भौतक चिजका बढी सौखिन हुने गर्छन । यदि प्रकृतिमा उनिहरुले मनपराएका कुनै चिज देखेभने त्यसको प्राप्तिको लागि कुनै कसर बाँकी राख्दैनन् । यसको लागि उनीहरु धेरै मेहेनत गर्ने गर्छन । धन आर्जनका लागि उनीहरु जस्तोसुकै काममा पसिना बगाई कडा परिश्रम गर्न तयार हुन्छन ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: