आज भएको हेलिकप्टर दुर्घटनामा भारतिय सेना प्रमुख संगै अंग रक्षक नेपाली राईक‍ो पनि मृत्यु

  • 97
    Shares

हवल्दार सतपाल राई जो CDS जनरल बिपीनको अंगरक्षक थिए उनको पनि त्यस हादसा मुत्यू भएको जानकारी रहेको छ।
उनी दार्जिलिङ जिल्ला अन्तर्गत तक्दाह माने डाँडा निवासी रहेको जानकारी प्राप्त भएको छ ।
हार्दिक श्रद्धाञ्जली।

भारतका चिफ अफ डिफेन्स स्टाफ विपीन रावतसहित १३ जनाको बुधबार हेलिकोप्टर दुर्घटनामा निधन भयो । तमिलनाडूस्थित वेलिङ्टनतर्फ जाँदै गरेको उक्त हेलिकोप्टरमा अवतरण हुन १० मिनेटअघि दुर्घटनामा परेको थियो । विविध विशेषतायुक्त हेलिकोप्टरको दुर्घटना भएपछि भारतीय वायु सेनाले छानबिन समिति गठन गरेको छ ।

रावत सवार रहेको ‘एमआई-१७ भी५’ हेलिकोप्टर आधुनिक किसिमको हो । संसारमा अहिले सञ्चालनमा रहेको आधुनिक तथा धेरै विशेषतायुक्त रहेका हेलिकोप्टरभित्र यो पनि पर्छ ।
रुसको कजानको कम्पनीले निर्माण गरेको यो हेलिकोप्टर अन्य कार्गो हेलिकोप्टरको भन्दा धेरै सुरक्षित मानिन्छ । भारतीय वायु सेनाले सन् २०१२ देखि प्रयोग गर्दै आएको छ ।

भारतले सन् २००८ मा रुसबाट यस प्रकारको ८० वटा हेलिकोप्टर खरिद गरेको थियो । सन् २०११ मा पहिलो हेलिकोप्टर प्राप्त गरेको र अन्तिम सन् २०१८ मा भारत आइपुगेको थियो ।यो मोडलको हेलिकोप्टरमा वेदर राडार र पछिल्लो पुस्ताको हाइभिजन उपकरणहरु प्रयोग गरिएको छ । यसमा पीकेभी एट अटोपाइलट र केएनइआई एट सुइट छन् ।

एमआई-१७-भी५ मोडलको अर्को विशेषता भनेको यसको धेरै भारबहन क्षमता हो । यसले १३ हजार किलोको समान बोक्न सक्छ । डबल इन्जिनयुक्त यो हेलिकोप्टर ६ हजार मिटरसम्मको उचाइमा उड्न सक्छ ।

यो मोडलको हेलिकोप्टरमा विशेष गरी सर्च एन्ड रेस्क्युमा प्रयोग हुने गर्छ । ढुवानी र उद्धारका लागि मात्रै नभएर यसमा हतियार तथा मिसाल समेत प्रयोग गर्न सकिन्छ । सेना ओसार्न हतियारको प्रयोग, स्कटिङ, पेट्रोलिङ, खोजी तथा उद्धार सबै किसिमका सैन्य गतिविधिमा प्रयोग गर्न सक्ने प्रकृतिले यसको डिजाइन तयार गरिएको छ ।

यसमा एस-८रकेट, २३ एमएम मेसिन गन, पीकेटी मेसिन गन,एकेएम सब-मेसिन गन पनि प्रयोग गर्न मिल्छ ।

यो मोडलको हेलिकोप्टरको पहिलो मोडल सन् १९७५ मा पहिलो उडान भरेको थियो । सन् १९७७ देखि यसको व्यवसायिक उत्पादनसँगै बिक्री सुरु भएको हो । सन् २००७ मा यसको संख्या १२ हजार थियो । एमआईएल-एमआई-८ मोडललाई अझ विशिष्टिकृत गरेर यो मोडल तयार गरिएको हो ।

भर्खरै

सम्बन्धित समाचार

error: