कम्युनिष्ट जस्तो जनता मारा ठग फटाह पार्टि हैन नेपाली काँग्रेस : गगन थापा

काठमाडौं । नेपालीका कांग्रेसका नेता गगनकुमार थापाले पार्टीको १४ औँ महाधिवेशनमा महामन्त्री पदका लागि उम्मेदवार दिएका छन् ।

 

बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा महामन्त्रीमा थापाले उम्मेदवारको घोषणा गरेका हुन् । अघिल्लो अधिवेशनमा कृष्ण सिटौला समूहलाई समर्थन गरेका थापाले अहिलेको १४ औँ महाधिवेशनमा सिटौला समूहको साथ छाडेर उम्मेदवारको घोषणा गरेका छन् ।

 

उम्मेदवार घोषणा कार्यक्रममा थापाले प्रतिपक्षमा भूमिकामा हुनुपर्ने कांग्रेस कसरी सत्तारुढ भयो र सोचेका सपना अधुरा भए भन्नेबारेमा विश्लेषण गरेका छन् । थापाले कांग्रेसमा ऊर्जा हुँदाहुँदै त्यसबाट चुक्नुपरेको र चुकेको ठाउँ र प्वाँललाई कांग्रेसले टाल्न सक्ने पनि बताए ।

 

 

२०७४ सालमा दुई कम्युनिष्ट पार्टी मिलेर बहुमतका साथ सरकार बनाएर केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएर शुभकामना दिँदा मनमा थुप्रै कुरा खेलेको पनि थापाले बताएका छन् ।

 

थापाका अनुसार कम्युनिष्ट सरकारले देश चलाउने ५ वर्षको अवधिमा खराब प्रवृत्तिविरुद्ध उत्रने, राम्रो कामको समर्थन गर्ने र २०७९ को चुनावमा कम्युनिष्ट सरकारको भन्दा उत्कृष्ट काम गर्ने गरौँला सोचेको थिए ।

 

साथै, संसदको रोष्टममा उभिएर ओलीलाई बधाई दिँदै राम्राका कामको सानदार समर्थन र गलत काममा सधैँ प्रश्न भनेर आफूले भनेको त्यो क्षण पनि थापाले सम्झिए । तर, समय फेरिएर कांग्रेस सत्तामा पुगेको र परिवेश फेरिएको पनि थापाले बताअहिले २०७८ मंसिर । आगामी चुनाव २०७९ मा । त्यतिन्जेलसम्म नेपाल कम्युनिष्ट पार्टीले सरकार चलाइरहेको हुन्थ्यो । ६ प्रदेशमा उस्को सरकार र अर्काे एउटामा अर्को दलको सरकार । हामी प्रतिपक्षमा हुन्थ्यो । यतिबेला हामी भनिरहेका हुन्थ्यो–०७९ मा चुनाव हुन्छ, चुनावमा नेकपाभन्दा राम्रो काम गरेर चुनाव जित्नुपर्छ भन्थ्यो । र, त्यस्तै चाहन्थ्यौँ तर, भएन,’ उनले भने ।

 

तर, ओलीको अहंकारले सोचेजस्तो नभएको पनि उनले बताएका छन् । ‘आज हाम्रो पार्टीको सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्छ । उहाँले पनि यहीँ चाहनुहुन्थ्यो कि नेपालमा नेकपाकै सरकार रहेर यो अवधिको सदुपयोग र हामी प्रतिपक्षमा । सबैले यहीँ चाहन्थ्यो,’ उनले भने, ‘तर, हामीले नचाहँदा नचाहँदै यस्तो भयो । ओलीको अहंकारले हाम्रो पुस्ताले दयनिय अवस्था भोग्नुपरेको छ । अदालत हेर्नुस्, दल टुटेको हेर्नुस् ।’

 

अन्तमा थापाले आफूलाई मत हाले पनि नहाले पनि गलत व्यक्तिलाई भोट हालिएछ भन्ने दिन आउन नदिने बताएका छन् । साथै, अहिलेको नेताले भन्दा तन्नेरी साथीहरुलाई काम गर्ने मौँका चाँडो चाँडो दिने पनि उनले बताए ।ए ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: