जनताले सात काल्नामुनि पुग्नेगरि मिल्काएको राजतन्त्र आऊछ भनेर कसैले सपना पनि नदेखे हुन्छ :माधवकुमार नेपाल

  • 2.3K
    Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालमा अब राजतन्त्रको कुनै भविष्य नभएको बताएका छन् ।

 

शुक्रबार उनले नेपाली कांग्रेसको १४औं महाधिवेशनमा आफ्नो पार्टीको तर्फबाट शुभकामना दिँदै भने, ‘आजभन्दा १६ वर्ष पहिले नेपाली कांग्रेसको राष्ट्रिय महाधिवेशनमा भाग लिन पाएको थिएँ । त्यतिबेला राजतन्त्र र गणतन्त्रको एजेण्डा थियो । त्यो एजेण्डामा हामीले छलफल गरेका थियौं । गिरिजाबाबु र शेरबहादुरजीको अलग-अलग पार्टी थिए, मैले दुवै पार्टीको महाधिवेशनमा भाग लिएँ ।’

 

उनले आजको विषय के होला ? भन्दै नेपालको राजनीतिमा कालो बादल मडारिन खोजिरहेको टिप्पणी गरे । उनले भने, ‘सावधान म भन्न चाहन्छु । प्रतिगामी तत्वहरुलाई भन्न चाहन्छु । फेरि शीर उठाउने चेष्टा नगर्नुहोस । नदीको प्रवाह अघि बढिसकेको छ ।

 

अब नेपालमा रजातन्त्रको कुनै भविष्य छैन् । नेपाली जनता फेरि ज्वालामुखीझैं मेचीदेखि महाकालीसम्म विष्फोट हुन्छन् । राजाले पनि एउटा राम्रो पार्टी खोले हुन्छ, होईन भने व्यापार गरे हुन्छ । नेपालको रक्षा हामी नेपाली जनताले गर्न सक्छौं । राष्ट्रियताको रक्षा हामी गर्छौं । सामाजवदाको यात्रा, सामाजिक न्याय, समानता विकास र समृद्धिको यात्रामा हामी अघि बढ्नेछौं ।’

 

उनले राजनीतिमा धेरै विकृतिहरु रहेको भने सुनाए । उनले भने,‘विकृति राज्यसत्तामा पनि छन् । ती विकृतिहरु पन्छाउनुपर्छ । विकृतिका वाहकहरुले विकृति फैलाउने अनि हामी टुलुटुलु हेरेर बस्न सकिँदैन् । भ्रष्टाचार, मैमत्त, लोकतन्त्रको मूल्य र मान्यता कुल्चिने, अरुको मर्यादा नगर्ने प्रवृत्तिबाट अब देशलाई मुक्त गर्नुपर्छ । लोकतन्त्रको मूल्य र मान्यतालाई आत्मसात् गर्नुपर्छ ।’

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: