घुमाउरो शैलीमा राजसंस्थाको अपरिहार्यताबारे बोल्ने पूर्व राजाले यसपाली स्पष्ट रुपमा राजसंस्था पुनस्थापना अत्यावश्यक भएको संकेत गरेका हुन्। यसै बीच पूर्व प्रधानमन्त्री समेत रहेका जनता समाजवादी
पार्टीका नेता बाबुराम भट्टराईले देशको अलिकति पनि माया भए चुप लागेर बस्न पूर्व राजालाई धम्कि दिएका छन्। पूर्व राजाको वक्तव्य माथि टिप्पणी गर्दै भट्टराईले त्यस्तो बताएका हुन्। भट्टराईले भनेका
छन्,पूर्व राजालाई देश र जनताप्रति अलिकति पनि जिम्मेवारीवोध छ भने चुपचाप संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकारेर बस्नु वेश हुनेछ भट्टराईले राजसंस्था बिना प्रजातन्त्र टिक्दैन भन्नु तातो बरफ
खोज्नु जस्तै नमिल्दो भएको बताएका हुन्।
उनले पूर्व राजाको सक्रियताले देशलाई पुनःद्वन्दमा लैजाने पनि दाबी गरे राजसंस्थाविनाको प्रजातन्त्र टिक्दैन भन्नु जनतालाई तातो बरफ वा सिंगसहितको खरायो खोज्न लगाउनु जस्तै भ्रमको खेतीगर्नु र देशलाई पुन:द्वन्दमा धकेल्नु मात्रै हो उनले भनेका छन्।
बताएका हुन्। राजाले नयाँ पार्टी खोले हुन्छ, व्यापार/व्यवसाय गरे हुन्छ। अब राजतन्त्रको कुनै सम्भावना छैन’ नेता नेपालले भने। उनले राजनीतिक दलले नै सम्बृद्धिको यात्रा अगाडि बढाउने भन्दै पार्टीभित्र र बाहिर भएका विकृतिलाई पन्छाउनुपर्ने बताए।
उनले प्रतिगामी तत्त्वलाई फेरि शीर उठाउने दुस्साहस नगर्नसमेत चेतावनी दिए। भ्रष्टाचार, मैमत्त हुने स्वभाव, अरुको सम्मान नगर्ने प्रवृत्ति नेपाली राजनीतिको विकृति हो उनले भने। उनले दोस्रो जनान्दोलनमा कांग्रेससँग हातेमालो गर्दै अगाडि बढेको उल्लेख गरे।
उनले आफू १६ वर्षअगाडिको कांग्रेस महाधिवेशन स्मरण गर्दै अब नेपालमा राजतन्त्रको कुनै सम्भावना नरहेको जिकिर गरे। नेता नेपालले देशको राजनीतिमा कालो बादल मडारिएकोसमेत बताए। सावधान ! देशमा कालो मादल मडारिएको छ उनले भने।
राष्ट्रियतको रक्षा जनताले गर्न सक्ने भन्दै उनले राजनीतिक विकृतिलाई पन्छ्याउनुपर्नेमा जोड दिए एमाले विभाजनपछि पहिलो पटक केपी ओलीसँगको मञ्चमा रहेका उनले ओलीलाई इंगित गर्दै सत्ताको दुरूपयोग गर्ने प्रवृत्तिले देशको राजनीतिलाई अस्थिरतामा ल्याएको
आरोपसमेत लगाए। नेता नेपालले सत्ता र शक्तिको दुरुपयोग गर्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने बताए। नेपालले राजनीतिक दलहरूले कुरा धेरै गरेको र अब काम गर्नु पर्ने बताएका छन्। जनताहरू राजनीतिक
दलप्रति निराश भएको र यो अवस्थालाई अब सुधार गर्नुपर्ने उनले बताए। उनले नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि देशका सबै दल यो बाटोमा लाग्ने विश्वास लिएका बताए।