मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता शुभ कार्यमा सरिक भइनेछ । सामाजिक तथा राजनैतिक कार्यमा रुचि बढ्नेछ । आदर्श व्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । साताको मध्य भागमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । घरायसी झमेलामा परिनेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साता एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । महिला वर्गबाट विषेश सहयोग मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । शेयर बजारको क्षेत्रमा पनि राम्रो सफलता मिल्ला ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो हप्ता नयाँ र शुभ कार्यको योजना बन्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । अतिथिका रूपमा सम्मान पाइनेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । दाजुभाइ तथा दिदीबहिनीले तपाईँका विचारलाई समर्थन गर्नेछन् ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साता धर्म संस्कृति तथा रीतिरिवाजमा तपाईँको सहभागिता हुनेछ । कृषि कार्यहरू अघि बढ्नेछ । चिताएको कामले तीव्रता लिनसक्छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय रहेको छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साता माध्यम नै रहनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । खानपिनको विविध परिकार खान पाइनेछ । तीर्थाटनको योग र शुभकार्यको चर्चा पनि चल्नेछ । साताको मध्यमा नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साता सामाजिक कार्यमा सफलता हात लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्य या धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । साताको अन्त्यमा बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो साता धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । शेयर बजारमा लगानीका लागि नयाँ योजना बन्नेछ । मनोरञ्जनमा सहभागिता पनि भइएला । साताको उत्तरार्ध बाट घर व्यवहारको समस्याले सताउनेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो साता रोकिएका अधुरा कामहरूको पुन: योजना बन्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । रमणीय र सुखद् यात्राको योग छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । बुधबार बाट प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रनेछ । शैक्षिक क्षेत्र पनि कमजोर रहनेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो साता मन भावुक र उत्ताउलो बन्नसक्छ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च बढ्नेछ । प्रेममा मनमुटाव पनि आउला । मङ्गलवारबाट कुनै कुराले मनमा शान्ति छाउनेछ । राजनैतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । पुँजी बजारले पनि साथ दिनेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो साता दैनिक कार्यमा प्रगति हुँदै जानेछ । वैदेशिक र न्यायिक कार्यमा सफलता मिल्नेछ । समाज सेवामा मन पनि लाग्नेछ । मध्य सातामा लत्ता कपडामा बढी धन खर्च हुनेछ । मनमा निराशा र शरीरमा आलस्य आउला ।
।कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो साता नयाँ र शुभ समाचार सुन्न पाइनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । आकस्मिक लाभ समेत हुनेछ । मध्य साताबाट बन्न लागेको काम बिग्रन सक्छ । नाक तथा घाँटीमा समस्या आउनेछ अत: स्वास्थ्य प्रति सजग रहनुहोला ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो साता गरेको काममा ढिलासुस्ती हुनसक्छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक नहोला । मनमा दुबिधा पनि उत्पन्न हुनेछ । बुधवारबाट प्रेमीको सहयोग पाइनेछ । प्राविधिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । (अधिक जानकारीका लागि 977-9849559502)