नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पक मल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादीलाई पहिलो नम्बरको पार्टी बनाउने गरी परिचालित हुन सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
माओवादीलाई कोही कसैले पनि पराजित गर्न नसक्ने दाबी गर्दै अध्यक्ष दाहालले भने, ‘माओ वादीलाई हराउन सक्ने तागत कोही कसैसँग छैन। हामी अरूजस्तो पार्टी होइन, राष्ट्र र जन ताका लागि काम गर्ने पार्टी हो।’
उनले सबै तह, तप्कामा आक्रामक ढङ्गले गयौं र जनतालाई विश्वासमा लियौं भने आफू नेतृत्वको पार्टी एक नम्बरको पार्टी बन्ने विश्वास व्यक्त गरे।अध्यक्ष प्रचण्डले आफ्नो पार्टी चुनौती र अवसर का बीचमा रहेको भन्दै स्पष्ट कार्यदिशाका साथ अगाडि बढे सफल भइने बताए।
सात प्रदेश र दुइटा गैरभौगोलिक प्रदेशको सम्मेलनलाई श्रव्यदृश्यका माध्यमबाट उद्घाटन गर्दै उनले पार्टीभित्र रहेको अलमललाई हटाएर नयाँ विचारका साथ क्रान्तिकारी बनाएरै छाडिने बताए।
अध्यक्ष दाहालले पार्टीमा कमी/कमजोरी रहेको र त्यसलाई सच्याएर क्रान्तिकारी र जनपक्षीय पार्टीका रूपमा रूपान्तरण गर्नुपर्ने दोसाँधमा रहेको उल्लेख गरे।
‘नयाँ विचारसहित आफ्नै खुट्टा उभिऔं’
अध्यक्ष दाहालले पार्टीलाई आफ्नै सङ्गठन, आफ्नै विचार सहित आफ्नै खुट्टामा उभिने बनाउनु नै तत्कालको आवश्यक ता रहेको उल्लेख गरे।
अध्यक्ष दाहालले हामी आफैं दुविधामा परेका कारण हे,पिएको भन्दै अब माओवादीलाई कोही कसैले पनि प्रश्न उठाउन नस क्ने गरी सबल र स क्षम बनाउने दृढता व्यक्त गरे।
अध्यक्ष प्रचण्डले भने, ‘विश्वमा हाम्रो मात्रै पार्टी त्यस्तो ठाउँमा छ, जसले विचारलाई विकास गर्ने सम्भावना पनि बोकेको छ । अहिलेका चुनौती को सामाना गर्ने आधार पनि बोकेको छ र क्रा न्तिको नयाँ मोडल हामी आफैंले खोजी गर्नु पर्छ।’
अध्यक्ष दाहालले विचार, संगठनमा नयाँ मोडल खोज्न सक्ने सम्भावना बोकेको पार्टी पनि मा ओवादी नै भएको स्पष्ट पारे।
उनले एमालेको हालै चितवनमा सम्पन्न भएको महाधिवेशन लाई पञ्चर्यालीको संज्ञा दिए।
पञ्चायतकालको अन्त्यतिर पनि ठूला–ठूला पञ्चर्याली हुने गरेको स्मरण गर्दै अध्यक्ष दाहा लले विचारको बहस नहुने, व्यक्तिपूजा मात्रै हुने भेला तथा सम्मेलनको कुनै अर्थ नभएको बता ए।
अध्यक्ष दाहालले नेपाली कांग्रेसको जारी महाधिवेशन पनि हे,रिरहेको उल्लेख गर्दै त्यहाँ पनि राष्ट्र कस्तो बनाउने भन्नेतिर बहस नभएको आरोप लगाए।