म ओलीको सत्ता कब्जाको प्रयासलाई भन्डाफोर बनाउछु, अन्तिम पटक जिताउन सहयोग गर्नुस्ः देउवा

  • 71
    Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट सभापतिमा दोहोरिन चाहेका शेरबहादुर देउवाले मुलुकलाई कम्युनिस्ट शासनमुक्त गराउनका निम्ती आफूलाई सभापतिमा जिताएर सहयोग गर्न प्रतिनिधिहरूलाई आग्रह गरेका छन् ।

आफ्नो प्यानलको कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष ‌केपी ओलीले अझै पनि सत्ता कब्जा गर्ने कोशिस गरेकाले त्यसलाई असफल बनाउन आफूलाई जिताउन अपिल गरेका हुन् ।

‘ओलीको शासन कालमा कस्तो डर त्रास थियो । म आएपछि सबै त्यसबाट मुक्त भए । ओलीले अझै पनि सत्ता कब्जा गर्ने प्रयास गरेका छन् । त्यसलाई मैले नै असफल बनाउन सक्छु,’ देउवाले भने ।

प्रधानमन्त्री र पार्टी सभापति एउटै व्यक्ति भएको अवस्थामा स्थायित्व हुने भन्दै उनले आफूलाई निर्वाचित गराउन आग्रह गरे ।

‘भोलि म सभापतिमा पराजित भएँ भने मलाई मुलुक चलाउन सक्दैन भनेर होहल्ला हुन्छ । सभापति र प्रधानमन्त्री एउटै व्यक्ति भयो भने मात्रै स्थायित्व हुन्छ,’ उनले भने ।

भर्खरै

सम्बन्धित समाचार

error: