बैठककाे निर्णयलाई सबैले स्वीकार्नुपर्छ, हैन भने पाटी बहिस्कार गरौं समुन्द्रको पानी थोरै निकाल्दैमा समुन्द्र सुक्दैन। : अध्यक्ष ओली

  • 131
    Shares

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकले उत्कृष्ट प्रक्रियाबाट नेतृत्व चयन गरेको भन्दै बैठकको निर्णयलाई सबैले स्वीकार्नुपर्ने बताउनुभएको छ ।

भक्तपुरको जर्मन होम हस्पिटालिटीमा जारी केन्द्रीय कमिटीको दोस्रो दिनको बैठकलाई आज आइतवार सम्बोधन गर्दैै

 

उहाँले पार्टी एकतालाई मूल मन्त्र मानेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘हाम्रो बीचको एकताले मात्र सबै कुरा जित्न सकिन्छ,

 

एकताको मन्त्रमा ध्यान दिएर अगाडि बढ्नुपर्छ, कसैलाई जिम्मेवारी पुगेन भने उचित जिम्मेवारी दिनेछौँ ।’

केन्द्रीय कमिटी नेतृत्व व्यवस्थापन र जिम्मेवारी दिने कुरा सरल होइन गाह्रो कुरा हो भन्दै उहाँले केन्द्रीय कमिटीका लागि मात्रै आफूलाई नाै सय जनाको नाम आएको बताउनुभयो ।

 

पोलिटब्युरोका लागि पनि ५० प्रतिशतभन्दा बढी योग्य व्यक्ति हुँदाहुँदै पनि उत्कृष्ट मध्येको उत्कृष्ट छान्न गाह्रो भएको उहाँले बताउनुभयो ।

लोकतान्त्रिक विधिमा निर्वाचन पद्धतिले नै सबै ठिक गर्छ भने होइन भन्दै उहाँले नेतृत्वसँग देशभरिलाई हेर्ने र बुझ्ने क्षमता हुने भएकाले नेतृत्वले तयारी गरेर ल्याएर गरिएको निर्णय सबैभन्दा बढी विश्वासिलो र लोकतान्त्रिक हुने बताउनुभयो ।

अध्यक्ष ओलीले बैठकको निर्णयलाई सबैले स्वीकार्नुपर्नेमा जोड दिँदै कतिपयलाई अन्याय पर्‍याे होला तर योभन्दा राम्रो प्रस्ताव अरू हुन नसक्ने बताउनुभएको केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिनुभयो ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: