म पहिलो चरणमै सभापति पदमा जित्छु : डा. शेखर कोइराला

  • 60
    Shares

काठमाडौं : नेपाली कांग्रेस सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले आफूले चुनाव जित्ने दाबी गरेका छन्। राष्ट्रिय सभामा भोट हालेपनि कोइरालाले चुनावमा आफ्नो माहोल राम्रो रहेको भन्दै जित सुनिश्चित भएको बताएका हुन्। उनले भने, ‘म पहिलो चरणमै जित्छु । दोस्रो चरणमा हामी जाँदै जाँदैनौं।’

 

annapurna post

 

सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले दिएका छन्। यीमध्ये देउवा र कोइरालाले प्यानल बनाएरै सम्पूर्ण पदमा उम्मेदवारी दिएका हुन्।

 

प्रतिबद्धता पत्र सार्वजनिक गर्दै कोइरालाले ‘नयाँ युवाको नयाँ कांग्रेस’ नारा बनाएका छन्। नेता कोइरालाले आफ्नो विवेकको मत प्रयोग गरी मतदान गर्न आग्रह गरे। चार वर्षको कांग्रेस सभापतिको कार्यकालमा पार्टीको विचार, संगठन, नेतृत्वमा नयाँधार र नयाँपन ल्याउने विश्वासको साथ आफ्नो उम्मेदवारी दिएको दाबी गरेका छन्।

 

उनले पार्टीलाई युवाको जोस र पाकाहरुको अनुभवबाट अगाडि बढाउने बताए। उनले कांग्रेस पार्टीका अगुवा कार्यकर्तालाई राजनीतिक विचारबाट दिक्षित गर्न पार्टी विधानअनुरुप राष्ट्रियता, लोकतन्त्र र समाजवाद जस्ता कांग्रेसका आदर्शहरु प्रति निष्ठावान बनाउने अभियान चलाउने बताएका छन्।

 

कोइरालाको प्यानलबाट महामन्त्रीमा गगनकुमार थापा, डा. मीनेन्द्र रिजाल छन्। यस्तै उपसभापतिमा धनराज गुरुङ र डा. चन्द्र भण्डारीले मनोनयनपत्र दर्ता गरेका छन्।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: