‘शेयर बजार मन्त्रीले घटाउने/बढाउने भन्ने हुँदैन, लगानीकर्ता ढुक्क हुनुहाेस् सक्दो प्रयास गरेका छौ,’(जनार्दन शर्मा)

  • 26
    Shares

काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारमा लगानी गरेका सबै लगानीकर्ताको लगानीको संरक्षण गर्न अर्थ मन्त्रालय सधैँ गम्भीर रहेको बताउनुभएकाे छ ।

 

आज सोमवार बीमा समितिको कार्यालय भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्ताे बताउनुभएकाे हाे ।

शेयर बजार मन्त्रीले घटाउन/बढाउन भूमिका खेल्न नसक्ने भन्दै उहाँले त्यसको कारण नियमनकारी निकायलाई मात्र थाहा हुने बताउनुभयो ।

 

उहाँले मन्त्रालयले बजारमा अनियमितता गर्नेविरुद्ध छानबिन गरेर कारबाहीसमेत गरिसकेको भन्नुहुँदै मन्त्रालयले गर्नुपर्ने काम गरिरहेको स्पष्ट पार्नुभयो ।

शेयर बजारको समस्यालाई समाधान गर्न धेरै कुरामा सुधार गर्नुपर्ने देखिएकाले विज्ञहरूसँग त्यसका लागि छलफल भइसकेको र त्यसतर्फ काम भइरहेको समेत उहाँले जानकारी दिनुभयो ।

लगानीकर्ताले अनावश्यक रूपमा भोगिरहेको समस्या र लगानीलाई सुरक्षित गर्न आवश्यक नीति र प्रविधि विकासमा मन्त्रालय गम्भीर रूपमा लागेको मन्त्री शर्माले बताउनुभयो ।

 

यसमा लगानीकर्तालाई ढुक्क हुनसमेत उहाँले आश्वस्त पार्नुभयो ।

अहिले कुनै समूह यसबारे अफवाह फैलाउन लागिपरेको बताउनुहुँदै उहाँले त्यस्तो भ्रममा नपर्न लगानीकर्तालाई आग्रह गर्नुभयो ।

 

‘तपाईँलाई एउटा भ्रम दिँदै ठग्लान्, ठगीमा पर्नु होला’, मन्त्री शर्माले सर्वसाधारण लगानीकर्तालाई आग्रह गर्नुभयो,

‘नठगिएर आफ्नो व्यवसाय गर्नुहोस्, त्यसमा अर्थमन्त्री र अर्थ मन्त्रालयले घटाइदिने/बढाइदिने भन्ने कुरा हुँदैन,

 

यसले संस्थाहरूलाई पारदर्शी बनाउने र बलियो बनाउने, ऐन कानुनलाई व्यवस्थित बनाउने काम गर्ने हो । त्यसमा हामी लागेका छौँ ।’

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: