भिम रावललाई अलग गरे एमाले परित्याग गर्ने योगेश भट्टराईको चेतावनी ।

  • 304
    Shares

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले भीम रावललाई स्थायी कमिटी सदस्य मनोनित गर्न माग गरेका छन् ।

 

भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकमा सचिवज भट्टराईले रावललाई स्थायी कमिटी सदस्यमा मनोनित गर्न माग गरेका हुन् ।

 

अध्यक्ष केपी ओलीले ४४ जना केन्द्रीय सदस्य मनोनित गर्ने प्रस्ताव गरेकोमा त्यस सूचीमा अध्यक्षमा पराजित भीम रावलको नाम छैन।

 

बैठकमा सचिव भट्टराईले रावललाई केन्द्रीय सदस्य बनाएर स्थायी कमिटीमा राख्न माग गरेका हुन् । उनले वरिष्ठता, नयाँ पुस्ता र समावेशी हुने गरी पोलिटब्यूरो मापदण्ड बनाउन समेत आग्रह गरेका छन् ।

 

नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय कमिटीमा थप्न प्रस्ताव गरिएको नामलाई लिएर असन्तुष्टि व्यक्त भएको छ।

 

भक्तपुरमा जारी बैठकमा केन्द्रीय कमिटीमा थप गर्नका लागि विशाल भट्टराई, लालबाबु पण्डित, दुर्गा प्रसाईं लगायत ४४ जनाको नाम प्रस्ताव गरिएको थियो।

 

तर, छलफल बिना नै नाम प्रस्ताव गरिएको भन्दै अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, गोकर्ण विष्ट लगायतले असन्तुष्टि जनाएका हुन्।

 

नाम प्रस्ताव गर्दा पदाधिकारीहरूबीच छ्लफल नभएको उनीहरूको भनाइ छ। उनीहरुले छलफलपछि मात्रै नाम प्रस्तावित गर्नुपर्ने धारणा राखेका छन्।

 

अष्टलक्ष्मी शाक्यले भने अध्यक्षको प्रस्तावले पार्टीमा न्याय नभएको बताएकी छन् । यसअघि नै छलफल र सल्लाह नभएको भन्दै उनले आपत्ति जनाएकी थिइन् । ‘अध्यक्षले सल्लाह गर्नु भए सजिलो हुन्थ्यो । छलफल भएन ।

 

यस्तै उपाध्यक्ष युवराज ज्ञवालीले ओलीको प्रस्तावमा आपत्ति जनाएका छन् । उनले भने, ‘एउटा मापदण्ड बनाएर निर्णय गरिएन भने चित्त बुझाउने ठाउँ दिइएन भने समस्या सिर्जना गर्छ ।

 

१९ जनाको टिमले सल्लाह गरौँ । दिनरात छलफल गरौं । छलफल गरिएन सामूहिक नेतृत्वमा पार्टी चलाउँ मेरो यही अनुरोध छ,’ ज्ञवालीले भने ।

 

प्रस्तावित नाममा केही केन्द्रीय सदस्यहरूले पनि असन्तुष्टि जनाएका छन्। बैठकमा अहिले केन्द्रीय कमिटी सदस्यले प्रस्तावित नामका बारेमा आफ्नो भनाइ राखिरहेका छन्।

भर्खरै

सम्बन्धित समाचार

error: