नेकपा एमालेका पूर्व उपाध्यक्ष डा.भीम रावलले पार्टी फुट्नुमा अध्यक्ष केपी शर्मा ओली र माधव कुमार नेपाल दुवै जिम्मेवार रहेको बताएका छन् । लामो बहस र छलफलपछि दुबै नेताको सहमतिका आधारमा १० बुद्धे सहमति भए पनि कार्यान्वयनमा दुवै नेताले अनिच्छुक देखिँदा पार्टी फुटेको उनले बताए ।
नेकपा एमालेले मेल्लेखको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता रावलले १० बुदे सहमतिको लागि दिनहुँ बालकोट र कोटेश्वर गएर निकै मेहनतका साथ सहमतिको खाँका तयारी गरे पनि कार्यान्वयन नहुँदा पार्टी फुटेको रावलको आरोप छ ।
नेता रावलले १०औं महाधिवेशनको पूर्व सन्ध्यामा आफूले ओली र अन्य नेतालाई मिलेर जानको लागि आग्रह गर्दा सुनुवाइ नभएको बताए ।पार्टी फुटको अवस्थामा पुग्न लाग्दा आफूले सहमतिमा अघि बढौं भनेर दुई घण्टाभन्दा बढी अध्यक्ष ओलीसँग छलफल गरेको उनको भनाई छ ।
आफूले भनेको कुरा पार्टी अध्यक्षले सुनुवाइ नगर्दा पार्टीको नीति, सिद्धान्त र विचारलाई आत्मसाथ गर्दै अध्यक्षको उम्मेदवार बनेको रावलले बताए । उनले आफूले अध्यक्ष पदमा प्रतिस्पर्धा गरेको र हार बेहोर्दा मन खुम्च्याउनु पर्ने कारण नरहेको बताएका छन् । चुनावमा अध्यक्ष ओलीले जिते पनि नैतिक रूपमा भने आफूले जितेको नेता रावलको भनाई छ ।
केपी ओलीले भीम रावलको राजनीति नै पारिदिए ध्वस्त, सामान्य कार्यकर्ताको हैसियतमा रावल !
नेकपा एमालेले ४५ सदस्यीय स्थायी कमिटी प्रस्ताव गरेको छ । भक्तपुरमा बसिरहेको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले ४५ सदस्यीय स्थायी कमिटी प्रस्ताव गरेका छन् ।
अध्यक्ष ओलीले १९ जना पदाधिकारीसहित ४५ जनाको नाम स्थायी कमिटीका लागि प्रस्ताव गरेका हुन् । ।
प्रस्ताव गरिएको स्थायी कमिटी सदस्यमा अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भीम आचार्य, प्रभु शाहलगायतको नाम छ । यसमा असन्तुष्ट पक्षका भीम रावलको नाम भने छैन ।
भीम रावलको एमालेमा सबे जिम्मेवारी खोसिएको छ । उनी अहिले सामान्य कार्यकर्ताको हैसियतमा पुगेका छन् । माधब नेपालले केहि समय पछि भीम रावलको हरिविजोग हुने बताएका थिए । अहिले भीम रावलको हालत नै खराब भएको छ । उनले अब उप्रान्त पनि एमालेमा जिम्मेवारी नपाउने सम्भावना प्रबल छ ।