गाई भनेको आमा समान हो, आमाको मासु खानु पाप हो, गाईको मासु खान्छु भन्नेले कुकुरको मासु खान्छु किन भन्दैनन?: राजेन्द्र लिङ्देल (भिडियो सहित)
राजेन्द्र लिङ्देलले हाम्रो देश नेपाल एक मात्र हिन्दु राष्ट भएको बताएका छन। उनी भन्छन्, गाई आमा समान हुन, गाई का’ट्नु पाप हो, यो हुन दिदैनौ।’
उनले थपे, ‘गाई भनेको आमा समान हो, आमाको मासु खानु पाप हो, गाईको मासु खान्छु भन्नेले कुकुरको मासु खान्छु किन भन्दैनन?’ आफू लिम्बुको छोरा हुँ। तर, यस्ता बिकृती हुन नदिने उनले प्रष्ट्याए।
साथमा यो पनि: अमेरिकामा आएको भीषण आँधीमा परी ५० भन्दा धेरै मानिसको मृत्यु भएको आशंका
एजेन्सी – अमेरिकाको केन्टकी प्रान्तमा आएको भीषण अहिलेसम्म ५० भन्दा धेरैको ज्यान गएको आशंका व्यक्त गरिएको छ। राज्यका गभर्नर एन्डी बेशियरले केन्टकीको इतिहासमा यो सबैभन्दा भीषण आँधी भएको बताएको बीबीसीले उल्लेख गरेको छ। उनका अनुसार मर्नेको संख्या १ सय सम्म पुग्न सक्छ।
अमेरिकाको कयौं प्रान्तमा लगातार आँधी आइरहेको छ र कयौं कर्मचारी अमेजनको वेयरहाउसमा फसेका छन्। न्यूयोर्क टाइम्सका अनुसार आँधी आएको समयमा करिब १ सय मानिस मेफिल्डको मैनवत्ती बनाउने उद्योगमा उपस्थित थिए। बेशियरका अनुसार त्यसमध्ये १२ जनाको मृ’त्यु भएको छ।
प्रशासनिक अधिकारीहरुका अनुसार शुक्रवार राति आएको आँधीले दक्षिणी इलिनइसस्थित एक अमेजन वेयरहाउस तहस-नहस गरिदिएको छ। अहिले सम्म छत खस्दा कति जनालाई चोट लाग्यो भन्ने थाहा हुन नसकेको स्थानीय आपातकालीन सेवा दिने संस्थाले जनाएको छ।