नागरिक लगानी कोषको शेयर खुल्यो , लगानी कसरि गर्ने ?

नागरिक लगानी कोषले आफ्ना लगानीकर्तालाई आज पुस २८ गते मंगलबारदेखि हकप्रद शेयर निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ ।

हाल कायम चुक्ता पूँजी रु.१,६४,०७,४०,८००को एक शेयर बराबर शुन्य दशमलब आठ दुई आठ चार (१ =० .८२८४) को अनुपातमा साविकका शेयरधनीहरुको लागि रु.१,३५,९२,५९,२०० बराबरको प्रति शेयर रु.१०० अंकित दरका १,३५,९२,५९२ कित्ता हकप्रद साधारण शेयर निष्काशन गर्नलागेको हो। प्रति साधारण शेयर रु.१०० का दरले शतप्रतिशत रकममा शेयर बिक्रि गर्न लागेको छ ।

 

निष्काशन तथा बिक्री प्रबन्धकको उद्घोषण :
हामीलाई नागरीक लगानी कोष तथा यसका संस्थापक संचालकहरुले उपलब्ध गराएको विवरण तथा जानकारीहरुको आधारमा त्यस संस्थाको व्यवस्थापकीय, प्राविधिक र आर्थिक पक्षको विश्लेषणात्मक अध्ययनबाट हामी सन्तुष्ट हुनुको साथै “हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणहरु” मा लेखिएका आर्थिक विवरणहरु र अन्य जानकारी तथ्यगत, पूर्ण र सही देखिएकोले लगानीकर्ताहरुलाई लगानी सम्बन्धी निर्णय लिन मद्दत पुग्ने कुरा प्रति विश्वस्त भई हामीले यो “हकप्रद शेयर निष्काशन  सम्बन्धी ब्यबस्था तथा विवरणहरु” स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा “धितोपत्र सम्बन्धी ऐन, २०६३” र “धितोपत्र दर्ता तथा निष्काशन नियमावली,२०७३” अनुरुपको योग्यता पुगेको प्रतिवद्धता पत्र (ड्यू डेलिजेन्स सर्टिफिकेट) प्रस्तुत गरेका छौ

नागरिक लगानी कोषको कोषको रजिष्टर्ड (केन्द्रीय) कार्यालय, काठमाण्डौ जिल्ला, काठमाण्डौ महानगरपालिका १०, नयाँबानेश्वर, काठमाण्डौमा रहेको छ । यस कोषले काठमाण्डौ जिल्ला, काठमाण्डौ महानगरपालिका १०, नयाँबानेश्वर, काठमाण्डौ स्थित रजिष्टर्ड कार्यालय मार्फत आफ्नो कारोवार संचालन गर्दै आइरहेको छ । यसको अलवा कोषले हाल मोरङ्ग, विराटनगर र कास्की, पोखरामा शाखा कार्यालयहरु  खोली कारोवार सञ्चालन गर्दै आइरहेकोछ ।

काे हाे निष्कासन तथा बिक्री प्रबन्धक ?

कम्पनीकाे हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।

कहिलेसम्म दिने आवेदन ?

उक्त हकप्रदमा लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरले पुस २८ गतेदेखि माघ १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड टेकु काठमाडाैँ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका विभिन्न शाखा कार्यालयहरू, नागरिक लगानी काेषकाे केन्द्रीय कार्यालय तथा अन्य शाखा कार्यालयहरुह र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

 

भर्खरै

सम्बन्धित समाचार

error: