नेपाली भूमि फिर्ता गर्ने मात्र होइन , भारतको जमिन हडप्न सक्ने हिम्मत छ हामि संग : प्रचण्ड

  • 228
    Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पन्न हुँदै आएको नेपाल–भारत सीमा विवादबारे आफ्नो धारणा राखेका छन् ।

 

सोमबार नेपालका लागि भारतीय पूर्वराजदूत रञ्जित रेले लेखेको पुस्तक ‘काठमाण्डू डिलेमाः रिसेटिङ इन्डिया–नेपाल टाइज’ बारेमा आयोजित अन्तरक्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले ठूलो राष्ट्रको जमिन सानो राष्ट्रकोमा पस्यो भने फरक नपर्ने बताए ।

 

‘ठूलो राष्ट्रको जमिन पनि ठूलो नै छ । जनसंख्या पनि धेरै छ । त्यसो भएको हुनाले ठूलो राष्ट्रले सानो राष्ट्रलाई थोरै–थोरै जमिन सानोको उतापट्टी पस्यो भनेपनि खासै फरक पर्दैन,’ उनले भने, ‘सानो ठूलोकोमा पस्यो भने त हालत खराब हुन्छ नि सानोको त ।’.

उनका अनुसार सानो राष्ट्रको जमिन ठूलो राष्ट्रकोमा पस्यो भने सानोको हालत खराब हुन्छ ।

 

सीमा विषयमा भारतका नेतृत्वकर्ता र बुद्धिजीवीले बुझ्न जरुरी रहेको पनि प्रचण्डको भनाइ छ ।

 

उनले भने, ‘यो सेन्सिटिभीटिलाई पनि भारतीय नेतृत्व र बुद्धिजीवले गहिरो गरि समीक्षा गर्नुपर्दछ । त्यसो गर्दा हाम्रो सम्बन्ध (सीमाना) का समस्या समाधान गर्न सक्छ । त्यसैले समाधान गर्न नसकिने छैन ।’

 

प्रचण्डले अगाडि भने, ‘हामी मिल्नुको विकल्प छैन । सिमानाका जे–जे हामीले पहिलेदेखि भनेका छौँ समस्याहरू छन् । ती संवादको तरिकाद्वारा, उदार मन लिएर समाधान गर्न नसकिने कुरा छैनन् ।’

 

अध्यक्ष प्रचण्डले गौतम बुद्ध भारतमा जन्मिएको भन्दा नराम्रा लाग्ने भन्दै बुद्ध नेपालमै जन्मिएको पनि बताएका छन् । तर, बुद्धले बुद्धत्व भने भारतको बोधगयामै पाएको प्रचण्डले सत्यता बताए ।

 

अध्यक्ष प्रचण्डले नेपालमा चलेको दस वर्षे सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रियामा ल्याउन भारत सकारात्मक रहेको तर, माओवादी ‘जनयुद्ध’मा भारतको कुनैपनि प्रकारको सहयोग नरहेको स्पष्ट पारे ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: