कमल थापाकाे आक्राेश : राजाको अव कुनै औचित्य छैन अब राजा राजा भन्नेलाई जेल काेच्नुपर्छ।

  • 4.8K
    Shares

काठमाडाै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले राजा बोकेर हिँड्ने राप्रपाको नैतिक धरातल समाप्त भएको बताएका छन्।

आज सोमबार एक विज्ञप्ति जारी गर्दै थापाले राजसंस्थाको पक्षमा वकालत गर्ने राप्रपाको नैतिक धरातल समाप्त भएको प्रतिक्रिया दिएका हुन्।

विज्ञप्तिमा थापाले महाधिवेशनमा निर्वाचनका क्रममा पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवासको हस्तक्षेपको प्रमाण आफूहरूसँग रहेको दोहोर्याएका छन्। यसले राप्रपाले अवलम्बन गर्दै आएको राजसंस्थासम्बन्धी आधारभूत मान्यतामाथि नै गम्भीर आघात पुगेको उनको दाबी छ।

‘शतप्रतिशत राजावादीहरू भएको दलमा त पूर्वराजाको हस्तक्षेप हुन्छ भने भोलि राप्रपाको परिकल्पनाअनुरूप राजसंस्था स्थापित भयो भने राजाबाट अन्य दल र राजनीतिमा हस्तक्षेप हुँदैन तथा विगतमा झैँ प्रजातन्त्र मास्ने काम हुँदैन भन्ने के ग्यारेन्टी छ ? भनी प्रश्न गर्नेहरूलाई हामीले के र कसरी जवाफ दिने ?’ विज्ञप्तिमा उल्लेख छ।

निर्वाचनमा पूर्वराजा र निर्मल निवासबाट भएको हस्तक्षेपबारे छनाबिन गरी भविष्यमा हस्तक्षेप नहुने सुनिश्चित गर्न थापाले आग्रह गरेका छन्। यसो गर्न सके मात्र पार्टी एकता र पार्टीको भविष्य सुनिश्चित हुने थापाले बताएका छन्।

आजकाे भाइरल पढ्नुस

रामचन्द्र पौडेल र शशांक कोइरालाले हामीलाई नै सघाउँदै हुनुहुन्छ

तपाईंको उम्मेदवारीका मुख्य एजेन्डा के हुन् ?

पहिलो, संघीय लोकतान्त्रिक संविधानलाई सुदृढ गरेर जाने विषय नै मुख्य हो । दोस्रो, नेपाली कांग्रेसमा वैचारिक प्रस्टता छैन भन्ने आइरहेको छ, त्यसमा समाजवादको विषय होला, राष्ट्रियताको कुरा होला, लोकतन्त्रका विषय होलान् यी विषयलाई संगठित हिसाबले विचार बनाएर अगाडि बढ्नुपर्छ भन्ने मेरो मान्यता छ । तेस्रो, पार्टीका भ्रातृ संस्था र शुभेच्छुक संस्थाहरू भद्रगोल अवस्थामा छन् । तिनीहरूलाई क्रियाशील र जिम्मेवार बनाउनु छ । त्यो हामी गर्छौँ ।

अनुभव र ऊर्जाको मिश्रणले नै नेपाली कांग्रेस बनेको छ । हाम्रो टिममा ऊर्जा र अनुभवसहितका युवा साथीहरू हुनुहुन्छ । केन्द्रीय सदस्यमा अनुभव भएका साथीहरू हुनुहुन्छ । डा. शशांक कोइराला, अर्जुननरसिंह केसी, डा.रामशरण महत, बलबहादुर केसीसहितका साथीहरू केन्द्रीय सदस्यको उम्मेदवार हुनुहुन्छ जो अनुभवको हिसाबमा अगाडि हुनुहुन्छ । नेपाली कांग्रेसमा निर्णय अपारदर्शी भए ।

पार्टीका निर्णय केन्द्रीय सदस्यले पनि सामाजिक सञ्जालबाट थाहा पाउनुपर्ने अवस्था आयो । हामी पारदर्शी निर्णय गर्छौँ, जवाफदेही नेतृत्व गर्छौँ र पार्टीलाई उत्तरदायी बनाउँछौँ । गतिशील, ऊर्जाशील र क्रियाशील नेपाली कांग्रेस बनाउन नयाँ क्रियाशीलता, नयाँ विचार, नयाँ कार्यक्रम लिएर अगाडि बढ्छौँ ।

तपाईंहरूको समूहमा देखिएको विभाजनले त असर गर्ला नि ?

प्रतिस्पर्धा हुँदा विभाजन हुनु स्वाभाविक हो । अन्त्यतिर हाम्रो विचार समूहमा सभापतिका आकांक्षी धेरै हुनुभयो । मैले रामचन्द्र पौडेलजीलाई तपाईँ सहमतिको नेतृत्व गरेर मात्रै अगाडि बढ्नुहोस् भनेर आग्रह गरेको थिएँ । सहमतिमा तपाईंले सबैलाई मिलाउनुस् भनेर भनेको थिएँ, तर त्यो हुन सकेन । सहमति नभइसकेपछि प्रकाशमान सिंहजी र म देखियौँ । हामी स्वच्छ प्रतिस्पर्धा गर्छौँ, हामीबीच हानथाप छैन ।

रामचन्द्रजीको आवश्यकता अहिले पनि नेपाली कांग्रेसलाई छ र देशलाई पनि छ । अहिले देशमा संविधानमाथि धावा बोलिँदै छ, सरकारको अचम्मलाग्दो हिँडाइ छ, अझ भनौँ सरकार हिँडेको छ कि छैन थाहा छैन । संसद् चल्न सकेको छैन, अध्यादेशबाट देश चलाइराखिएको छ । सबैभन्दा दुर्भाग्य न्यायपालिका अस्तव्यस्त छ । प्रधानन्यायाधीशको निकासका निमित्त न्यायाधीशहरू नै लडिरहनुभएको छ । त्यस्तै, विश्व राजनीतिमा जुन चलखेल भइरहेको छ, त्यसबाट नेपाल पनि अछुतो छैन । हामी छिमेकीसँग राम्रो सम्बन्ध बनाएर अगाडि जाने प्रयास गरिरहेका छौँ ।

तपाईंले सरकारको नेतृत्व परिवर्तन हुँदैन पार्टीको मात्रै हुन्छ, गठबन्धन सुदृढ बनेर जान्छ भन्नुभयो यसको अर्थ के हो ?

प्रधानमन्त्रीजीले सभापतिमा हारेँ भनेँ यो सरकार, यो गठबन्धन जान्छ, सरकार ढल्छ भन्नुभयो । यो अशोभनीय भनाइ हो । मैले भनेँ– नेपाली कांग्रेसको अहिलेको नेतृत्व परिवर्तन हुन्छ । त्यो परिवर्तनले सत्तागठबन्धनलाई फरक पार्दैन । यसलाई अझ सुदृढ गरेर निर्वाचनसम्म हामी लग्छौँ । निर्वाचन आयोगले दिएको समयतालिकाअनुसार नै निर्वाचन गर्ने गरी अगाडि बढ्छौँ । आगामी निर्वाचनमा सुदृढ नेपाली कांग्रेस, संगठित नेपाली कांग्रेस भएर अगाडि बढ्छौँ र हाम्रो विजय तीनवटै तहको निर्वाचनमा हुन्छ भनेको छु । हामी नेतृत्वमा आएपछि पार्टीलाई मजबुत बनाउँछौँ, निर्वाचनमा कांग्रेसलाई जिताउँछौँ ।

महाधिवेशनमा सत्ताको दुरुपयोग हुने सम्भावना देख्नुभएको हो ?

तपाईंले देखिसक्नुभयो त, प्रधानमन्त्रीको आफ्नै गृहजिल्लामा प्रहरी प्रशासन लगाएर वडा र जिल्ला अधिवेशन गराउनुभयो । डडेल्धुराका साथीहरू एक महिना धर्नामा बस्नुभयो । त्यति मात्र होइन, अधिवेशनका वेलामा विभिन्न जिल्लामा प्रहरी प्रशासन, सिडिओको दुरुपयोग भएको छ । कतिपय ठाउँमा त सिडिओ अफिसमा निर्वाचनको कुरा गरिएको छ । यसबाट के गर्न खोजेको भन्ने बुझिन्छ । हामी नेपाली कांग्रेसका कार्यकर्ता यस्ता कुरामा विश्वासै गर्दैनौँ ।

किनभने सरकारको नेतृत्व गर्ने पार्टीले अलोकतान्त्रिक हिसाबले जुन बाटो हिँड्यो, राज्यसत्ताको दुरुपयोग गर्‍यो, त्यो लोकतन्त्रका लागि घातक हो । जुन काम सभापतिजीले गर्नुभएको छ ।

कोइराला परिवारभित्रै पनि सहमति देखिएन ।

हाम्रो प्यानल अत्यन्त बलियो र सक्षम छ । दुई–तीनपटक पार्टीको जिल्ला सभापति भइसकेका साथीहरू टिममा हुनुहुन्छ, पढेलेखेका साथीहरू हुनुहुन्छ ।
संसद्मा प्रतिनिधित्व गरेका, मन्त्री भइसकेका साथीहरू हुनुहुन्छ । अनुभव भनेको के हो ? यही त हो नि । अनुभवहीन मानिस हामी होइनौँ । सबै रूपमा हाम्रो समूह समावेशी छ । युवाहरू नै नेतृत्वका लागि हुनुहुन्छ । यसकारण पनि हाम्रो समूह विजयोन्मुख छ ।

सुजाता कोइराला अर्को समूहबाट उठ्नुभयो । यसले केही प्रभाव पार्छ ?

यो नेपाली कांग्रेसभित्रको प्रतिस्पर्धा हो । हामी कसैसँग लडाइँ, झगडा गरिरहेका छैनौँ । हामीहरू एकै ठाउँमा छौँ । त्यो चिन्ता तपाईंहरूले नगरे हुन्छ । नेपाली कांग्रेसभित्रको आन्तरिक प्रतिस्पर्धा हो नि । त्यसकारण धेरै चिन्ता गरिरहनुपर्ने आवश्यकता देख्दिनँ ।

यसले असर गर्दैन ? गर्दैन ।

यो आन्तरिक प्रतिस्पर्धा हो ।

नेतृत्वको परिवर्तन खोजिरहेको

 

नेतृत्वको परिवर्तन खोजिरहेको सन्दर्भमा तपाईंहरू (देउवाबाहेक) एक हुन सक्नुभएन । यसले अलि कठिन बनाउँछ भन्छन् नि ?

हामी विभाजित छैनौँ । अधिवेशनको समयमा सभापतिको चयन गर्ने क्रममा केही विवाद हुन स्वाभाविक हो । सभापति त एउटै चुनिने हो । दुईटा त चुनिने होइन । त्यसकारण हामीहरूबीच विवाद छैन । आजको दिनमा नेपाली कांग्रेस, हाम्रो समूह एक ठाउँमा उभिएको छ । हाम्रो जित सुनिश्चित छ । त्यसपछि दुवै समूहलाई मिलाएर अगाडि बढछौँ ।

महाधिवेशनपछि कांग्रेसले दिने सन्देश के हो ? तपाईंको सन्देश के हो ?

हामी जित्छौँ । ढुक्क हुनुहोस् । स्थानीय निर्वाचन एकदम नजिक आइसकेको छ । त्यसका लागि सुदृढ कांग्रेस, संगठित कांग्रेस जसले २५ लाख भोटरलाई पार्टीमा आबद्ध गराउनुपर्ने आवश्यकता छ । निर्वाचनमा कांग्रेसलाई जिताउनु नै हाम्रो मूल उद्देश्य हो । अस्पष्ट रहेको परराष्ट्र नीतिलाई स्पष्ट पारेर अगाडि बढ्छौँ ।

घरमै इन्टेलिजेन्स पठाए पनि भन्नुभयो के भएको हो ?

मकहाँ पठाइयो । एक हप्ताजति उहाँ आउनुभयो । को हो हामीले पत्ता लगायौँ । इन्टेलिजेन्सको मान्छे हुनुहुँदोरहेछ । अनि आइजीलाई हामीले फोन गरेर यो के गरेको तपाईंहरूले भन्यौँ । यो भएकै घटना हो, कुनै जोक गरेको होइन । त्यति मात्रै होइन, मन्त्रीहरू डिआइजीको गेस्टहाउसमा बसेर कार्यकर्तालाई भेट्ने, अधिवेशनका वेलामा कार्यक्रम गर्ने काम कांग्रेसमा सुहाउँदैन । कांग्रेसको त्यो संस्कृति होइन । कार्यकर्ताको माझमा जानुपर्‍यो नि, गाउँमा जानुपर्‍यो, टोलमा जानुपर्‍यो । डिआइजीको गेस्टहाउसमा बसेर कार्यकर्तालाई भेटेर, कार्यक्रम गरेर कुन बाटो रोज्न खोजेको उहाँहरूले ?

तपाईंको प्यानलको अवस्थालाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

योभन्दा पनि राम्रो टिम बन्न सक्थ्यो होला । समय पनि अभाव भयो । निर्वाचनको क्रममा समयको चाप महŒवपूर्ण हुन्छ । तर, हाम्रो प्यानल अत्यन्त बलियो र सक्षम छ । कतिले अनुभव नभएकाहरूको टिम पनि भन्छन् । तर, दुई–तीनपटक पार्टीको जिल्ला सभापति भइसकेका साथीहरू टिममा हुनुहुन्छ, पढेलेखेका साथीहरू हुनुहुन्छ । संसद्मा प्रतिनिधित्व गरेका, मन्त्री भइसकेका साथीहरू हुनुहुन्छ ।

अनुभव भनेको के हो ? यही त हो नि । अनुभवहीन मानिस हामी होइनौँ । सबै रूपमा हाम्रो समूह समावेशी छ । युवाहरू नै नेतृत्वका लागि हुनुहुन्छ । यसकारण पनि हाम्रो समूह विजयउन्मुख छ । एउटा ऊर्जावान् टिम नै हाम्रो बल हो । नेपाली कांग्रेसलाई आवश्यक परेको टिम हामीले बनाएका छौँ ।

रामचन्द्र पौडेल र शशांक कोइराला तपाईंको समूहलाई खुलेरै भोट माग्न हिँडेको त देखिएन नि ?

त्यस्तो होइन । उहाँहरूको आशीर्वाद हामीहरूलाई छ । सबै साथीलाई ढुक्क हुन आग्रह गर्छु, उहाँहरू हाम्रो साथमा हुनुहुन्छ । उहाँहरूले हाम्रो समूहलाई सघाइराख्नुभएको छ ।

भर्खरै

सम्बन्धित समाचार

error: