जनतासँग दुई हात जोडेर भिख माग्ने देउवाले पहिलेनै देश र जनताको लागी सोच्नु पर्थ्यो नि : गगन थापा (भिडिओ)

  • 74
    Shares

कांग्रेसको जारी चौधौं महाधिवेशनमा शेखर कोइरालाको प्यानलबाट महामन्त्रीका उम्मेदवार गगन थापाले नेतृत्व परिवर्तनको एजेन्डामा हिँडेका व्यक्तिहरूले रातारात किन निर्णय फेरे भन्ने महत्वपूर्ण भएको बताएका छन्।

उनले सभापतिका उम्मेदवारद्वय प्रकाशमान सिंह र विमलेन्द्र निधिलाई लक्ष्य गर्दै सञ्चारकर्मीहरूसँग भने, ‘हिजो मध्यरातसम्म नेतृत्व परिवर्तनको कुरा मुख्य थियो। तर आज एकैपटक यस्तो निर्णय किन गरियो? यस्तो निर्णय गर्दा कहाँबाट के-के भयो र कसरी आयो भनेर आमजनतालाई बताउनुपर्छ।’

 

थापाले अगाडि भने, ‘निर्णय गर्न पाइन्छ तर पार्टीका साथी, देश र जनताका लागि उहाँहरूको निर्णयको कारणले के कति क्षति हुन्छ भन्ने पनि हेर्नुपर्छ।’

थापाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको कांग्रेसले आमचुनाव हारेको, विश्वसनीयता घटेको अवस्थामा पनि उनलाई नै किन नेतृत्वमा ल्याउन खोजियो भन्ने प्रश्नको उत्तर दिइनुपर्ने बताए।

‘देश र जनतालाई पनि बताइन्छ होला। आमचुनाव कसरी हारियो, विश्वसनीयता कसरी घट्यो र आज उहाँलाई नै किन ल्याइन्छ भन्ने कुराको जवाफ खोजिन्छ,’ थापाले भने।

 

कांग्रेसको निर्वाचन भर्खरै सकिएको र त्यो निर्वाचनमा जित्छु भनेर उभिएका उम्मेदवार आफैंमा विश्वास नहुनुले पनि नेतृत्व परिवर्तनको कुरा बुझिने उनले बताए।

‘म एकछिन बसेँ होला, उहाँ उभिएको उभियै हुनुहुन्छ। दोस्रो चरणको निर्वाचनमा पनि उहाँलाई जित्छु भन्ने विश्वास कम देखिन्छ, संख्याले हजार मतले अगाडि भए पनि विश्वास कम छ,’ थापाले भने, ‘उहाँ त्यहाँ आएर हात जोडेर बस्दा मलाई स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव लडेजस्तो लागेको छ।’

थापाले देउवाको जग बलियो नभएको र उनीसँग विश्वासिलो आधार पनि नभएको बताए।

‘देउवालाई डर नभएको भए सुतेर बस्ने अवस्था थियो, उहाँ उभिएर पाँच-पाँच घन्टा उभिएर बस्नुपर्थेन,’ थापाले भने।

भर्खरै

सम्बन्धित समाचार

error: