मलाई सभापति बनाउनु हुने सबैलाइ धन्यवाद, अब MCC पास गरेर देशको बिकाश गर्छु – देउवा

काठमाडौं : कांग्रेस सभापति पदको पहिलो चरणको मतदानको नतिजा आउन बाँकी नै थियो।’ सभापतिका प्रत्याशी शेरबहादुर देउवाका दूत बनेर चाक्सिबारी पुगे गृहमन्त्री बालकृष्ण खाँण। खाँणले दोस्रो चरणको निर्वाचनमा सहयोग गर्न अर्का उम्मेदवार प्रकाशमान सिंहसमक्ष आग्रह गरे।

पहिलो चरणबाट निर्वाचित हुन आवश्यक मत नपुग्ने आकलनपछि मंगलबार बिहान ९ बजेतिर खाँण सिंह निवास पुगेका हुन्। ‘सोमबार भएको मतदानको नतिजा भने मंगलबार बिहान १० ‘बजे आएको थियो। खाँणसँगको भेटमा सिंह सकारात्मक बनेपछि देउवा पनि उनलाई भेट्न पुगे। देउवासँगको भेटमा सहयोग गर्ने सिंहको बचनपछि कांग्रेसको जारी १४औं महाधिवेशनमा तरंग पैदा भयो।

देउवालाई पहिलो चरणबाटै सभापति निर्वाचित हुन जम्मा ८२ मत अपुग भएको थियो। सिंहको समर्थनले मात्र पनि दोस्रो चरणमा जित्न सकिने देउवा पक्षको बुझाइ थियो।’ पहिलो चरणमा देउवाले २ हजार २ सय ५८ मत पाए। दोस्रो स्थानमा रहेका डा. शेखरप्रसाद कोइरालाले १ हजार ७ सय २ मत पाए। सिंहले ३ सय ७१, विमलेन्द्र निधिले २ सय ४९ र कल्याणकुमार गुरुङले २२ मत पाएका थिए’।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसके सभापतिका लागि दोस्रो चरणको निर्वाचन हुने कांग्रेसको विधानमा व्यवस्था छ।’ सबैभन्दा बढी मत ल्याउने दुई प्रत्याशीबीच पुन: मतदान गराउनुपर्ने व्यवस्थाअनुसार देउवा र डा. कोइरालाले मात्र दोस्रो चरणको प्रतिस्पर्धा गर्ने मौका पाए। लगत्तै दोस्रो चरणमा जान नपाएका सिंह र निधिको समर्थन जुटाउन देउवा पक्ष सक्रिय बनेको थियो’।

 

सिंहको समर्थनलगत्तै देउवा निधि भेट्न उनकै निवास पुरानो बानेश्वर पुगे। निधिले पनि देउवालाई नै समर्थन जनाए। ‘दोस्रो चरणमा देउवालाई साथ दिने सिंह र निधि विगतमा पार्टी विभाजित भई बनेको कांग्रेस प्रजातान्त्रिकमा सँगै थिए’।

तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग मतभेद भएपछि देउवाको नेतृत्वमा ०५९ सालमा कांग्रेस प्रजातान्त्रिक बनेको थियो। देउवा, सिंह र निधि प्रजातान्त्रिक कांग्रेसमै थिए। तर, १३औं महाधिवेशनपछि सिंह वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा थिए। ‘उनी उक्त समूहमा असन्तुष्ट भई सभापतिका उम्मेदवार बनेका थिए।’ निधि देउवासँग चिढिएर १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार बनेका थिए।

देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवारी नपाएपछि सिंहको प्यानलमा पुगेका विश्वप्रकाश शर्माले पनि देउवालाई समर्थन जनाए। शर्माले ट्वीट गरे, ‘नेता प्रकाशमान सिंहको नेतृत्वमा महामन्त्रीको उम्मेदवार भएकाले उहाँ उभिनुभएको ठाउँमा म उभिनुपर्छ।’ पराजित भए पनि उहाँलाई साथ दिनु मेरो कर्तव्य हो।

तेस्रो धारका कृष्णप्रसाद सिटौला समूहको समर्थन देउवालाई नै थियो। ‘त्यस्तै, देउवाले महाधिवेशनपछि विधान संशोधन गरेरै जाने भनेपछि सुजाता कोइरालाले पनि समर्थन जनाएकी थिइन्।

उद्योगमन्त्री पद रिक्त रहेको र केही मन्त्रीलाई  हटाएर मन्त्री बनाउने आश्वासन देउवाले दिएको कांग्रेस नेताहरू बताउँछन्। प्रदेश नम्बर २ मा निधि कमजोर देखिएका छन्।’ त्यहाँको प्रदेश अध्यक्षमा निधिनिकट रामसरोज यादवलाई प्रदेश सभापति बनाउन देउवा तयार भएका छन्।

निधिले पहिलो चरणको निर्वाचनमा मत माग्दै दोस्रो चरणमा देउवाविरुद्ध उभिने उद्घोष गरेका थिए। तर, एक भेटमै उनीहरूले दोस्रो चरणमा देउवालाई समर्थन गर्ने बचन दिए। अन्तत: निधि, सिंह र गुरुङको समर्थनले देउवाको दाबेदारी बलियो बन्न पुग्यो। यद्यपि, नेतृत्व परिवर्तनको एजेन्डा कांग्रेसमा एजेन्डाकै रूपमा रहन पुग्यो’।

पहिलो चरणमा देउवालाई रोकी सिंह र निधिको साथ लिएर दोस्रो चरणबाट आफू निर्वाचित हुने रणनीतिमा थिए डा. कोइराला।’ निधि र सिंह देउवातिर लागेपछि डा. कोइरालाले भने,आफ्नो विवेकलाई प्रयोग गर्दै प्रतिनिधिहरू मतदान गर्नुहोस्।’पटक–पटक यो अवसर प्रदान हुँदैन हामी स्वस्थ प्रतिस्पर्धामै जान चाहन्छौं’।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: