१३ कम्पनीहरु अर्बौको IPO निस्कासन गर्ने तयारीमा जसको कति हेर्नुहोस

१) सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेड

सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडले माघ ४ गते, आइतबारबाट आयोजना प्रभावित स्थानियहरूका लागि साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्दैछ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे हाे ।

२ ) हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेड

हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेडले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि सेबाेनमा निवेदन पेश गरेकाे हाे ।

३) तेह्रथुम पावर कम्पनी लिमिटेड

तेह्रथुम पावर कम्पनी लिमिटेडले १२ करोड रूपैयाँ बराबरको १२ लाख कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि सेबाेनमा निवेदन पेश गरेकाे हाे ।

४) शुभम पावर लिमिटेड

शुभम पावर लिमिटेडले ५ लाख ८० हजार ५ सय ८० कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि सेबोनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिबिआइएल क्यापिटल लिमिटेडले गर्नेछ ।

५) साहस उर्जा कम्पनी लिमिटेड

साहस उर्जा कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि सेबोनमा निवेदन पेश गरेकाे छ ।

६) इमर्जिङ्ग नेपाल लिमिटेड

इमर्जिङ्ग नेपाल लिमिटेडले ५ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि सेबाेनमा निवेदन पेश गरेकाे हाे ।

७) सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड

सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २५ लाख १८ हजार २ सय ३० कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका निवेदन पेश गरेकाे हाे ।

 

८) रूरू जलविद्युत परियाेजना कम्पनी लिमिटेड

रूरू जलविद्युत परियाेजना कम्पनी लिमिटेडले ८ करोड ९६ लाख ९५ हजार २ सय २० रूपैयाँ बराबरको ८ लाख १५ हजार ४ सय ११ कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि निवेदन पेश गरेकाे हाे ।

 

९) विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड

विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि सेबाेनमा निवेदन पेश गरेकाे हाे ।

.१०) मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि सेबाेनमा निवेदन पेश गरेकाे हाे ।

११) ग्रीनलाइफ हाइड्रोपावर कम्पनी लिमिटेड

ग्रीनलाइफ हाइड्रोपावर कम्पनी लिमिटेडले ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर (आइपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि निवेदन पेश गरेकाे हाे ।

१२) मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेड

मध्यभोटेकोशी जलविद्युत् कम्पनीले १ अर्ब ५० करोड रूपैयाँ बराबरकाे १ करोड ५० लाख कित्ता कित्ता साधारण शेयर (आइपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि सेबाेनमा निवेदन पेश गरेकाे हाे ।

१३) न्यादी हाइड्रोपावर कम्पनी लिमिटेड

न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४० करोड ५० लाख रूपैयाँ बराबरको ४० लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।

 

भर्खरै

सम्बन्धित समाचार

error: