आजदेखि यो कम्पनीको आईपीओ निष्कासन हुदै ,कति दिने आवेदन ?

IPO

नेपाल धितोपत्र बोर्डबाट स्वीकृत पाएपछि सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ (आज) आइतबारबाट निष्कासन गरेको हो ।

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले ४३ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासनको अनुमति पाएको थियो । ४३ लाख ५० हजार कित्ता मध्ये पहिलो चरणमा आईतबारबाट आयोजना प्रभावित स्थानीय दोलखाको विगु र कालीञ्चोक गाउँपालिकाका बासिन्दाका लागि १४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।

स्थानीय पछि दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ खोल्ने कम्पनीले जनाएको छ । सिंगटीले दोलखामा २५ मेगावाटको जलविद्युत् आयोजना निर्माण गरिररहेको छ ।यो आईपीओ कम्पनीको चुक्तापुँजीको ३० प्रतिशतबराबरको हुनेछ ।

आजबाट त्यहाँका स्थानीयले आईपीओ भर्न सक्नेछन् । माघ ४देखि माघ १८ गतेसम्म आर्ईपीओ भर्ने समय तालिका तोकिएको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल लिमिटेडले जनाएको छ ।

केयर रेटिङ नेपालले सिंगटी हाइड्रोको आईपीओलाई औसतभन्दा कम अवस्था जनाउने ग्रेड ४ रेटिङ दिएको छ ।आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ । कम्पनीमा संस्थापक समूहको ७० प्रतिशत रहनेछ ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: