एमसीसी रोक्न रास्ट्रनायक प्रचण्डलाई सबैले साथ दिनुपर्छ: रबी लामिछाने

  • 4K
    Shares

काठमाडौ

एमसीसी पास गर्नै लागेपछी कार्यक्रम प्रस्तोता रबी लामिछाने देउवा र केपी प्रती आक्रोशित भएका छन ।

प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले सत्ता पक्षमा नै असहमतिका बापजुत पनि एमसीसी मासंसदमा पेश गर्न आदेश दिएका छन ।

सत्तारुढ दल माओवादी, समाजवादी र जसपाको असहमति हुँदा पनि प्रमुख प्रतिपक्षको साथ पाएपछी एउवा एमसीसी पेश गर्न लागेका छन ।

निकै बहसको बिषय भएको एमसीसी बिना संशोधन पास गर्न लाग्दा अहिले देशभर बिरोध भैरहेको छ भने सत्तारुढ दल भित्र नै समस्या उत्पन्न भएको छ ।

एमसीसी पेश भए निकै चुनौती पछि बनेको गठबन्धन सरकार छोड्ने तयारीमा प्रचण्ड र माधव छन ।

देशभर एमसीसी विरुद्ध आन्दोलन पनि भैरहेको छ भने सभामुख पनि यसको विपक्षमा उभिएका छन ।

एममीसी बारे नबोलेको भनेर चर्को आलोचना भए पछि संचारकर्मी रवि लामिछानेले बल्ल मुख खोलेका छन् ।

उनले एमसीसी पास गर्नुपर्ने धारणा राखेका हुन् ।

एममीसी बारे नबोलेको भनेर चर्को आलोचना भए पछि संचारकर्मी रवि लामिछानेले बल्ल मुख खोलेका छन् । उनले एमसीसी पास गर्नुपर्ने धारणा राखेका हुन् ।

सामाजि संजाल मार्फत आफ्नो विचार राख्दै लामिछानेले फेरी पनि गोलमाल जवाफ दिएका छन् ।

टेलिभिजनको कामले बोल्न नभ्याएको भन्दै एमसीसी जस्तो देशकै सार्वभौमिकताको बिषयमा जोडिएको बिषयमा पनि उनले हलुका जवाफ दिएका छन् ।

अहिले पनि एमसीसीको पक्ष वा विपक्ष के हो भन्ने नखुलाई लामिछानेले एमसीसीको विरोध गर्न सकेका छैनन् ।

संशोधन सहित संसदबाट एमसीसी पास गर्नु पर्ने पक्षको कित्तामा उनले आफुलाई उभ्याएका छन् । नेपालको संविधान भन्दा माथी नरहने गरि एमसीसी पास गर्नु पर्ने आसय उनले व्यक्त गरेका छन् ।

एमसीसीकी उपाध्यक्ष फतिया सुमार नेपाल आएको दिन बल्ल रविले मुख खोलेका छन् ।

सामाजिक संजाल मार्फत रविले व्यक्त गरेका धारण यस्तो छ हेर्नुस जस्ता को तस्तैः

एमसीसी बारे मैले त त्यति बेला नै बोलेको थिएं जति बेला केही मानिसहरु बोल्दा वा नबोल्दाको फाइदार बेफाइदा हिसाब गर्दै थिए। हेर्न, सुन्न, बुझ्न छुटाउनु हुनेहरुकालागि फेरि पनि दिहोर्याएर भन्छुस् बिना परिमार्जन जस्ताको तस्तै लागू हुने भएको खण्डमा म एमसीसी को बिपक्षमा छु।

एमसीसी का बुंदाहरु संशोधन हुदैनन् भन्ने अमेरिकी अडान सँगै, बिना संशोधन संसदबाट पारित हुनु हुदैन भन्ने मेरो अडानपनि कायम नै रह्यो।

लिखित जवाफ मार्फत एमसीसी अमेरिकाले नेपालको संविधान भन्दा माथी यो सम्झौता होइन भनेछ।

त्यसो भए त्यो र अन्य त्यस्ता बुदा संशोधन गर्न के को आपत्ति रु मैले नबुझेको रहेछु भने बिज्ञहरुले बुझाइदिनु होला। सच्चिन तयार छु। तथ्य फेरिएछ भने धारणा फेरौला।

नोटस् कुनै पनि विषयमा यस्ले आफ्नो धारणा राखिदिए हुन्थ्यो भन्ने स्वभाविक जिज्ञासालाई उच्च सम्मान गर्दछु।

हाल म ग्यालेक्सी फोर के को अन्तिम तयारीमा अत्यन्तै ब्यस्त हुन पुगेका कारण कयौं विषयमा बोल्न पाएको छैन।

त्यसकालागि क्षमा गर्नु होला तर तपाईंको प्रतीक्षाले अब महिना दिन पनि काट्ने छैन।

छुटेका सारा हिसाब अब छिट्टै र सोझै ग्यालेक्सी फोर के मार्फत नै हुन्छन्। कुनै प्रश्न बाँकी भए अघिल्लो लाइन दोहोर्‍याएर पढिदिनु होला।

देउवा–प्रचण्ड भेट : सर्वदलीय बैठक बोलाउने तयारी

प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउने भएका छन् ।

शुक्रबार बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तामा सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भएको हो ।

बालुवाटारमा भएको भेटवार्तामा संसदमा भइरहेको अवरोध हटाउन तथा एमसीसी लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएर अघि बढ्नुपर्ने विषयमा दुई नेता सहमत भएका हुन् ।

सोही छलफल अनुसार प्रधानमन्त्री देउवाले प्रतिनिधि सभाको अर्को बैठक पुस ६ अघि नै आइतबार वा सोमबार बैठक बोलाउने तयारी गरेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

‘भेटका अवसरमा सदन सुचारु गर्ने लगायतका समसामयिक राष्ट्रिय मुद्दामा प्रमले सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भयो’, देउवा–प्रचण्ड भेटपछि प्रचण्डको सचिवालयले भनेको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भदौ तेस्रो सातादेखि लगातार संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

एमालेले सभामुखको पक्षपातपूर्ण व्यवहारका कारण सदन अवरुद्ध गर्नुपरेको जनाउँदै आएको छ ।

यस्तै एमसीसी संसदमा पेश गर्ने सरकारको तयारी छ ।

तर सत्तारुढ गठबन्धनमै एमसीसी संसदमा पेश गर्ने या नगर्ने भन्नेमा एकमत छैन ।

खासगरी माओवादी केन्द्रले सत्तारुढ गठबन्धनमा एमसीसीबारे साझा धारणा बनाएर मात्रै अघि बढ्नुपर्ने बताउँदै आएको छ ।

तर, प्रधानमन्त्री देउवालाई एमसीसी अघि बढाउन दवाव छ ।

भर्खरै

सम्बन्धित समाचार

error: