इन्फ्रास्ट्रक्चरको IPO मा यति धेरै आवेदन पर्यो पर्ने सम्भाबना कति

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले माघ २ गते, शुक्रबारदेखि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण शेयर (आइपिओ) मा मागभन्दा बढी आवेदन परेकाे छ ।

आइतबार दिउँसो ४:३० बजेसम्ममा ८ लाख २ हजार ७०८ जना आवेदकले ९ अर्ब ९४ करोड ६ लाख ७४ हजार रुपैयाँ बराबरको ९ करोड ९४ लाख ६ हजार ७ सय ४० कित्ताको लागि आवेदन दिएका छन् । याे सर्वसाधारणका लागि माग गरिएकाे ७ करोड ५८ लाख ४० हजार भन्दा १.३१ गुणा बढी आवेदन हाे ।

बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रूपैयाँ बराबरकाे ८ करोड कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी ७ करोड ५८ लाख ४० हजार सर्वसाधारणको लागि निष्कासन गरिएकाे हो ।

 

भर्खरै

सम्बन्धित समाचार

error: