मेन भ्रष्टाचारि गुन्डा बिदेशिको दलाल आफ्नालाई काख अरुलाई पाखा लगाउने देसको घातक केपी ओली नै हो : दिपक मनाङे

  • 1.5K
    Shares

गुण्डागर्दीको पृष्ठभूमिबाट राजनीतिमा आएका दीपक मनाङे उर्फ राजीव गुरुङ पछिल्लो समय प्रदेश राजनीतिमा ठूलै शक्तिका रुपमा देखापरेका छन् । गण्डकीमा पृथ्वी सुब्बा गुरुङको सरकार ढालेर नयाँ बनाउने खेलमा उनको निर्णायकजस्तै भूमिका रह्यो ।

 

डेढ महिनाको अन्तरालमा तेस्रोपटक मनाङेले मन्त्रीको सपथ खाएका छन् । मुख्यमन्त्री गुरुङको साथ छोड्दै पदबाट राजीनामा दिएका उनले फेरि मन्त्रीको कुर्सीमा फर्किन दुई दिन मात्रै धैर्य गर्नुपर्‍यो। आज मन्त्रीको सपथ खाए पनि उनको मन्त्रालय टुंगो लाग्न बाँकी छ । यसपाली उनले अघिल्लोभन्दा ‘मालदार’ मन्त्रालय ताकेका छन् ।

 

मनाङबाट चुनाव जितेर मनाङे प्रदेश सांसद बन्दा नै धेरैले जिभ्रो टोकेका थिए । केन्द्रको राजनीतिक उथलपुथलले गण्डकी प्रदेश प्रभावित भएसँगै मनाङेका लागि अर्को ढोका खुल्यो । सरकार जोगाउनका लागि उनको एक मत अत्यन्तै महत्वपूर्ण बनेपछि मुख्यमन्त्री गुरुङले उनलाई ड्याङ्गै मन्त्री बनाइदिए । अपराधिक घटनामा कयौंपटक प्रहरीले पक्राउ गरेर जेलमा कोचेका मनाङे प्रहरीबाटै स्यालुट खाने पोजिसनमा पुगे ।

 

विपक्षी गठवन्धनतर्फ पनि बहुमत नपुगे केन्द्रमा जस्तै गण्डकी प्रदेशमा पनि मुख्यमन्त्रीले संसद विघटन गरी चुनाव घोषणा गर्ने तयारी गरेका थिए । विपक्षीमा गठवन्धनलाई बहुमतको लागि मात्र एक मतको अभाव थियो । अनि मनाङेले त्यो अभाव पूर्ति गरिदिए ।

 

तर, मनाङेलाई मन्त्री बनाएर पनि मुख्यमन्त्रीको संकट टरेको थिएन । निर्णायक भूमिकामा रहेका जनमोर्चाका सांसदलाई आफूतिर तान्न उनी असफल भए । जनमोर्चाका ३ मध्ये २ सांसद जब विपक्षी गठवन्धनतर्फ खुले, त्यसपछि सरकार गठन र विघटनमा निर्णायक पात्रका रुपमा अगाडि आए मनाङे । गण्डकी सरकार ढल्ने/नढल्ने उनको हातमा देखियो । र, यसबेला उनको चालबाजी पनि कुनै धुरन्धर राजनीतिक खेलाडीभन्दा कम थिएन ।

 

मुख्यमन्त्री गुरुङले मागेको विश्वासको प्रस्तावमा मतदान हुने दिन मनाङे गायब भए । प्रदेश सरकारको मन्त्रीलाई पुलिसले धुइधुइँ खोज्नुपर्ने अवस्था आयो । यसबीचमा उनी संसदको महत्वलाई बुझेका आदर्श पात्रका रुपमा पनि प्रकट भइदिए । नेपथ्यबाट उनले भने, ‘संसद विघटन गर्ने मुख्यमन्त्रीको याेजनालाई म साथ दिन सक्दिनँ, जननिर्वाचित संसद त जसरी पनि जोगाउनुपर्छ ।’

 

विपक्षी गठवन्धनतर्फ पनि बहुमत नपुगे केन्द्रमा जस्तै गण्डकी प्रदेशमा पनि मुख्यमन्त्रीले संसद विघटन गरी चुनाव घोषणा गर्ने तयारी गरेका थिए । विपक्षीमा गठवन्धनलाई बहुमतको लागि मात्र एक मतको अभाव थियो । अनि मनाङेले त्यो अभाव पूर्ति गरिदिए ।

 

 

बिहेमा रुमाल खोसाखोस भएजस्तो सत्तापक्ष र विपक्षीको तानातानमा परेका मनाङे आफ्नो रणनीतिमा प्रष्ट थिए, जता लाग्दा बढी फाइदा हुन्छ त्यतै लाग्ने । उनले स्पष्टै भने, ‘जुन पक्षले बहुमत पुर्याउन सक्छ, त्यसैलाई साथ दिन्छु ।’

 

सत्तापक्षतर्फ उनले साथ दिँदा पनि अपुग हुने अवस्था थियो । अर्थात् सरकार ढल्थ्यो नै । त्यसैले उनको भ्यालु कम भएको थियो । यता विपक्षीतर्फ उनको एक मत बहुमूल्य । विपक्षी गठवन्धनसँग ‘डिल’ भएपछि उनी मुख्यमन्त्री गुरुङलाई टाटा–बाइबाइ गर्दै कृष्णचन्द्रसँग लहसिए । उनको हस्ताक्षर प्राप्त गरेपछि मुख्यमन्त्रीमा दावेदारीका लागि कृष्णचन्द्रको कागजात पूरा भयो ।

 

तर, मनाङे दोस्रोपटक मन्त्री बन्दा भने खासै विरोधको स्वर सुनिएको छैन । यसरी लिइएको छ, मानौं उनी मन्त्रीका स्वभाविक हकदार हुन् । परिस्थिति हेर्दा मुख्यमन्त्रीले उनलाई महत्वपूर्ण मन्त्रालय नै नसुम्पेलान् भन्न पनि सकिन्न ।

 

मनाङेको गुन तिर्दै मुख्यमन्त्रीले उनलाई तुरुन्तै मन्त्री बनाएका छन् । अन्य पार्टीहरुमा कसलाई मन्त्री बनाउने भन्ने विवाद भए पनि मनाङे भने मुख्यमन्त्रीका लागि ‘निर्विवाद’ थिए । यद्यपि, उनलाई कुन मन्त्रालय दिने भन्ने टाउकोदुखाइ बाँकी छ । मनाङेले चानचुने होइन, गृह मन्त्रालयमा दावी गरेका छन् । योभन्दा अगाडि खाएको युवा तथा खेलकुद मन्त्रालय उनलाई खासै टेस परेको थिएन ।

 

यसअघि मुख्यमन्त्री गुरुङले मनाङेलाई मन्त्री बनाउँदा चौतर्फी विरोध भएको थियो । सामाजिक सञ्जालमा आँधितुफान नै आएको थियो । सत्ता जोगाउनकै लागि एउटा पुर्व गुण्डानायिकेलाई मन्त्री बनाउनु निन्दनीय थियो नै । यसले नेपालको संघीयता अभ्यासमाथि नै प्रश्न उठेको थियो ।

 

तर, मनाङे दोस्रोपटक मन्त्री बन्दा भने खासै विरोधको स्वर सुनिएको छैन । यसरी लिइएको छ, मानौं उनी मन्त्रीका स्वभाविक हकदार हुन् । परिस्थिति हेर्दा मुख्यमन्त्रीले उनलाई महत्वपूर्ण मन्त्रालय नै नसुम्पेलान् भन्न पनि सकिन्न । त्यस्तो मन्त्रालयमा मनाङेले के गर्लान् भन्ने चिन्ता नलिँदा पनि हुन्छ । आखिर अरु प्रदेश मन्त्रीले पनि गरेका के नै छन् र ? उनीहरुले गर्नुपर्ने र गर्न सक्ने पनि के नै छ र ?

 

दीपक मनाङे पटकपटक मन्त्री बन्दा अरु ‘जल्दाबल्दा गुण्डानाइके’ हरुले पनि राजनीतिमा आफ्नो भविष्य देख्न थालिसके होलान् । अनि, प्रहरीले पनि गुण्डाहरुको कठालो समात्दा निकै विचार पुर्याउनुपर्ने भयाे, कतै मैले भोलीको मन्त्रीको कठालो त समाइरहेको छैन ? भोली यिनैलाई स्यालुट ठोक्नुपर्ने त होइन ? एक सन्दर्भमा उनले भनेका छन केपी समुहकाे कुनै काम छैन र उनिहरु संगकाे लडाइ जस्ताेसुकै रुपमा पनि जित्न सकिन्छ ।

 

 

सुरक्षा कारवाहीको क्रममा सिन्धुपाल्चोकबाट सांसदको उम्मेदवार भएका व्यक्तिलाई पक्रिएपछि गृहराज्यमन्त्रीले मलाई फोनमा तत्कालै छाड्न आदेश दिए। मैले ‘सोधपुछ हुँदैछ हजुर’, भन्दै आनाकानी गरेपछि तथानाम गाली गर्दै मलाई धम्क्याएर फोन राखेको एकछिनमा नै काठमाडौं प्रहरी प्रमुखको फोन आयो।

 

मैले गृहराज्यमन्त्रीको आदेश नमानेको बारे सोधपुछ भो, मैले यथार्थ बताएँ, तब उहाँले सम्झाउँदै भन्नु भो, ‘परिस्थिति बुझ केटा (माया गर्दै),एकदम रिसाएको छ, यिनीहरूले रातारात आइजीपी चेन्ज गर्छन् तिमीलाई पनि यो चाँडबाडको बेला जुम्ला, हुम्ला पुर्‍याउला, आइजीपीलाई त रातविरात फोन गरेर आफ्नो निवासमा बोलाएर हैरान पार्न खोज्दोरहेछ। जाउ तिमी महाँकालस्थान गएर सलाम गर्दै भेट, बेकारमा लफडामा नपर।’

 

उहाँले मेरै हितमा कुरा गर्नु भएको थियो। तर यस्ता प्रवृत्तिका अगाडि उभिएर सलाम गर्न आत्माले मानेन, गइनँ। केही समयपछि भोजपुरको अनकन्टहार बोयाङ थानाको लागि मेरो सरूवा पत्र आयो। एउटा सलाम त्यति भारी हुन्छ।

 

अहिले सत्ताको खेलको जोड घटाउमा हुने/नहुने सबैले मन्त्री पद पाउन थालेका छन्। पदसँगै धेरै कुरा जोडिएर आउँछ। पावर अनि मान, सम्मान। पदमा पुगेपछि हिजो आफूलाई हत्कडी लगाउने हातले सलाम गर्न थाल्छन्, हो त्यही लोभमा बाटो-कुबाटोबाट सत्तामा छिर्न लालायित हुन्छन् खेलाडीहरू।

 

अहिले फेरि विस २०५० को दशक जस्तै खेल शुरु भएको छ। केन्द्रदेखि प्रदेससम्म। दिपक मनाङ्गेलाई हत्कडी लगाउने हा तले अब उनैलाई सलाम गर्ने दिन आए। हुनत उनी जननिर्वाचित सांसद हुन्, तर प्रहरी र सर्वसाधारणको नजरमा विगतले पनि पछ्याइरहने एक पात्र हुन्। त्यसैले त उनी मन्त्री हुँदा छापा र सोसल मिडियामा यसरी छाए। अब उनका अघिपछि निलो बर्दी र टाटेपाङ्ग्रे पोशाकमा प्रहरी हुनेछन्। बेलाबखत उनलाई भ्रम पनि हुनसक्ला- ‘यी प्रहरी मेरो सुरक्षामा नै आएको त हो? कि पक्राउ गर्न?’

 

यसै प्रसंगमा एउटा रमाइलो प्रसंग याद आयो, विस २०४८ सालमा नेपाली कांग्रेसका प्रखर चिन्तक सिके प्रसाईको निधनपछि उहाँको शवयात्रामा भाग लिन भर्खरै प्रधानमन्त्री भएका गिरिजाबाबु हेलिकप्टरमा झापाको माइखोला आउनुभएछ। उहाँ हेलिकप्टरबाट ओर्लिएर शव राखिएको ठाउँमा फटाफट हिड्न थाल्नुभएछ। उहाँको पछिपछि तत्कालीन पूर्वक्षेत्रीय प्रहरी कार्यालयका डिआइजी गोविन्द कर्म थापासहित प्रहरीले पछयाउन खोज्दा सामान्य कदका डिआइजी थापाले ६ फिट उचाइका गिरिजाबाबुलाई भेट्न सक्नुभएनछ।

 

भर्खरै

सम्बन्धित समाचार

error: