काठमाडौं ।
सरकारद्वारा हालै मात्र प्रतिबन्ध फुकुवा गरिएका नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रचण्ड र डा. बाबुराम भट्टराईका कारण मुलुक संकटमा फसेको आरोप लगाएका छन । कपिलवस्तुको
शिवगढीमा सोमबार पार्टी सम्वद्ध अखिल नेपाल महिला संघको राष्ट्रिय सम्मेलन उदघाटन गर्दै विप्लवले प्रचण्ड–बाबुरामले जनयुद्धका एजेण्डा छाडेकाले मुलुक राजनीतिक जटिलतामा फसेको बताए ।‘जनयुद्धलाई
प्रचण्ड र बाबुरामजीले गलत तरिकाले अन्त्य गरेका कारण आजको समस्या आएको हो विप्लवले भने‘उहाँहरुले देश जनता र क्रान्तिलाई धोका दिनुभयो । गलत बाटोमा हिंडेका कारण प्रचण्ड
पूर्वमाओवादी केन्द्र र भट्टराई मधेसवादी दलको मात्र नेतामा खुम्चिन पुगेको तर्क विप्लवको थियो । यो पनि पढ्नुहोस् प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदी छिट्टै नेपाल भ्रमणमा
आउन तयार रहेको बताएका छन् । ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी पक्ष मुलुकहरूको २६ औं सम्मेलन (कोप–२६) मा सहभागी भएर फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा
आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले मोदीलाई आफूले भ्रमणको निम्तो दिएको बताएका हुन् । प्रधानमन्त्री देउवाले भने, मैले उहाँलाई नेपाल आउनुस् भनेँ । तपाईंलाई नेपालमा स्वागत छ भनेँ । तपाईं पशुपति जानुहुन्छ मुक्तिनाथ जानुहुन्छ, धार्मिक भ्रमण हुन्छ भनेँ
। उहाँ नेपाल आउन तयार छु भन्नु भन्नुभयो । उहाँले पनि मलाई भारत भ्रमणको निम्तो दिनुभयो । त्यस्तै फरक प्रसंगमा प्रधानमन्त्री देउवाले गठबन्धन पूरै समय टिक्ने पनि बताएका छन् । उनले न्यायालयमा देखिएको विषयबारे भने बोल्न चाहेनन् ।