अब कमल थापा एमाले प्रवेश गर्छन, ओली राजतन्त्र र हिन्दुराष्ट्र फर्काउन लाग्छनः राधाकृष्ण मैनाली [अन्तर्वार्ता]

  • 109
    Shares

काठमाडौं । वामपन्थी नेता राधाकृष्ण मैनालीले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा राजनीतिक हिसाबबाट सकिएसँगै नेकपा एमालेमा प्रवेश गर्ने दावी गरेका छन् ।

 

मैनालीले अबको चुनावमा कमल थापा एमालेमा प्रवेश नगरे केपी ओली नै कमल थापाको एजेण्डामा जान सक्ने बताएका छन । दक्षिणपन्थी भनेका कारण गणतन्त्र धर्मनिरपक्षता गर्छन् कि गर्दैनन् भन्ने यो कमजोर अवस्थामा राजावादीदेखि हिन्दुधर्म नजिकका र संघियता विरोधिलाई भ्रर्ममा पारेर ओलीले चुनाव आफ्नो हातमा लिन खोजेको मैनालीले आरोप लगाए ।

 

आलीले नरेन्द्र मोदीलाई ढाटे, माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डलाई पनि झुक्याए जसरी अब फेरी राजावादीहरुलाई पनि झुक्याएर भोट तान्ने खेल खेलेको मैनालीले बताए । नेकपा एमालेको दशौं महाधिवेशनको कार्यक्रमा उपस्थित भएका कमल थापा त्यस दिन देखि अझ बढी जनताहरुले टिका टिप्पणी गर्दै आएका छन् ।

 

उनेले केपी ओली देशको एक नेता म मात्र हो भन्ने अहम् रहेको बताए । मैनालीले केपी ओलीले सबैलाई पत्तासाफ गर्ने महत्वकांक्षा बोकेको समेत आरोप लगाएका छन् । एक टेलिभिजको अन्तर्वार्तामा बोल्दै मैनालीले भने, ‘ओलीले राष्ट्रपतिमा आफ्नो नाजिकको मान्छे राखेर जासो गर भन्यो त्यसै गर्ने मान्छे विध्यादेवी भण्डारी जास्तो राजा त हुँदैनन् ।

 

ओली राजाको कमाण्ड हुन चाहान्न्, त्यसैले राजावादीहरुलाई तानेर चुनाव हातमा लिन खोजेका छन् ।’ उक्त अन्तरवार्तामा बोल्दै मैनालीले अब अरु नेता माधव नेपालको पार्टीमा नजाउन् भन्नको लागि भोजभतेर गरेर विधान, महाधिवेशन गरेको बताए । एमाले महाधिवेशनको मुख्य उद्देश्य माधव नेपालको पार्टीमा प्रवेश नगरुन् भनेर यो अभियान चालेको उनले बताए ।

 

सोही क्रममा केपी ओलीको अडानका कारण कसैले केही नपाउने भन्दै माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्ड पनि ओलिको सिकार बनेको बताए । एमालेमा ओलिको भन्दा माथिल्लो दर्जा माधव नेपालको रहेको उनले बताए ।

 

उनले प्रचण्ड र माधवले एमसीसी पास गर्न नमाने देउवासँग गम्भिर छलछल हुने र उक्त छलफलमा जस्ताको तस्तै एमसीसी पास गर्न यी दुबै जनाले मानेनन् भने अहिेको सरकार भत्किने बताए । एमाले एमसीसीको विरोधमा रहेको बताउँदै उनले ओलिका केही कार्यकर्ताले माधवलाई साथ दिए भने माधव बलियो हुने बताए ।

 

अब महाधिवेशनपछि एमाले आन्तिरक कलहसँगै असन्तुष्ट बन्ने उनको भनाई छ । मैनालीले पार्टीभित्रको कलह सँगै ओली पनि एमसीसीसम्म पुगे भने उनको राजनीतिक बाटो नै सर्वनाश हुने जिकिर समेत गरे ।

भर्खरै

सम्बन्धित समाचार

error: