केपी ओली महेन्द्रभन्दा पनि बढी राष्ट्रवादी र विकासप्रेमी !देशकै उत्कृष्ट शक्तिशाली नेतामा गनिए,,

  • 19.8K
    Shares

काठमाडौं –

नेकपा एमालेका महासचिव शंकर पोखरेलले  राजा महेन्द्रलाई एउटा पूर्व-पश्चिम राजमार्ग निर्माण गरेकै भरमा राष्ट्रवादी भन्ने गरिएकोप्रति अ’सन्तुष्टि जनाएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला त्यस्ता चार वटा राजमार्गहरू निर्माण बताउँदै उनले ओली बढी राष्ट्रवादी र विकासप्रेमी रहेको जिकिर गरे।

अध्यक्ष ओलीको पालामा एक सय वर्षमा हुन नसकेको जलविद्युत विकासको काम पूरा भएको उनको भनाइ थियो।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ मा आयोजना भएको दंगाली कम्युनिष्ट नेता स्वर्गीय श्रीमनी आचार्यको १४ औँ सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले आफू लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा दाङमा विकासको लहर नै ल्याएको चर्चा पनि गरे ।

महासचिव भएपछि पहिलो पटक गृह जिल्ला दाङमा आएका नेता पोखरेलले भने- ‘कुनै जमाना थियो, बाटोमा डोजर गुडाउँदा पनि विकासप्रेमी नेताको संज्ञा दिइन्थ्यो,’

उनले भने, ‘आज-हिजो हामीले उनीहरूले खोलेको ट्र्याकहरू सबै कालोपत्रे गरेका छौँ, तै पनि हामीले विकासप्रेमी भन्न किन नसक्ने।’

पोखरेलले प्रचण्ड र नेपाललाई अवसरवादको संज्ञा दिँदै आगामी निर्वाचनमा उनीहरूको प्रवृत्तिका विरु’द्धमा उत्रन आह्वान गरे ।

प्रचण्ड-नेपालले जनतासँग भोट माग्दा नेपाली काँग्रेसलाई हराऔँ भनेर भोट मागे पनि जितेपछि काँग्रेसलाई प्रधानमन्त्री बनाउन हिँडेको हुँदा उनीहरू कम्युनिष्ट आन्दोलन वि’रु’द्ध रहेको उनको जिकिर थियो ।

पोखरेलले नेपाली काँग्रेसको नेतृत्व गरिरहेका शेरबहादुर देउवा र एमालेको नेतृत्व गरिरहेको केपी शर्मा ओली दुई कित्तामा मात्रै राष्ट्रिय राजनीति विभक्त भएको हुँदा अन्य ‘भुरेभारे’ पार्टीको औचित्य नरहेको तर्क गरे।

नेपालमा अब ‘भुरेभारे’ पार्टी अन्त्य गर्नुपर्ने भन्दै महासचिव पोखरेलले सबै पार्टीमा भएका देशभक्त कार्यकर्ताहरूलाई नेकपा एमालेमा समाहित हुन आग्रह गरे ।

महासचिव पोखरेलले प्रचण्ड-नेपाललाई कम्युनिष्ट विरो”धी बैरीको संज्ञा पनि दिएका थिए ।

यो पनि : बैचारिक एकता नहुँदा पनि सत्ता स्वार्थ मिलेपछि पार्टी एकता गरेर अघि बढेका केपी शर्मा ओली र पुष्पकमल दाहालको नेकपा शक्तिकै टकरावका कारण फुटेर तीन दल भइसकेको छ ।

र पनि यी दुई नेताहरु भने एकले अर्कालाई देखि नसहने र एकले अर्कालाई भ्याएसम्मको आरोपित गर्ने वि’कृ’ती झन् झन् मौलाउँदो छ ।

पार्टी एकताको उदारो भाका राखेर केपी शर्मा ओली र पुष्पकमल दाहालले बाम गठवन्धन बनाएर गएको निर्वाचनमा होमिएको थियो । विकास र समृद्धिको नारा बनाएर जनतामाझ उभिएका यी नेताहरुले २०७४ जेठ ३ गते पार्टी एकता त गरे ।

तर एउटै पार्टीमा ओली प्रचण्ड नामको दुई सिंह अटाउन सकेन र शक्तिको टकरावकै कारण पार्टी फुट्यो । पुरानो अवस्थामा मात्रै रहेन तीन टुक्रामा विभाजित भयो । अन्तरसंघर्ष, संसद विभाजनदेखि ठूलो राजनीतिक उथलपुथलबाट

आत्मघा’ती राजनीतिक आ’क्र’मण व्यहोरे । अहिले पार्टी फुटको अवगुण एक अर्कामा आ’रो’पि’त गर्ने मात्रै होइन इतिहास भइसकेका विषयहरु समेत कोट्याएर दु’ख दिइरहेका छन् ।

पार्टी विभाजनका ९ महिना वितिसक्दा पनि नेताहरुबीच एकले अर्कालाई खुल्याउने प्रवृत्ति भने थप बढ्दो छ । गत शनिबार ’प्रचण्ड’ले औद्योगिक क्षेत्रमा लगाउनुपर्ने पुँजीको लगानी पुँजी बजारमा हुनु साम्रा’ज्यवादको विकसित रूप भएको तर्क गरे ।

 

लगत्तै बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले सेयरवालाहरुले चन्दा नदिएपछि उनीहरुलाई ध्व’स्त बनाउने गरी प्रचण्डले त्यस्तो अभिव्यक्ति दिएको आरो’प लगाए ।

प्रचण्डले ओलीको आरोपको खण्डन गर्दै विहीबार प्रेस विज्ञप्ति नै जारी गर्दै पुँजीवादको चरित्रबारे आफ्नो विश्लेषण सही रहेको दाबी गरेका छन । बुधबार नै ओलीले प्रचण्ड र ज्ञानेन्द्रबीच भारतमा पाँच बुँदे सहमति भएको र दुईजना

बीचको साँठगाँठमा उपद्र मच्चाइएको अभिव्यतिm दिएपछि अहिले ओली प्रचण्डबीच झगडा अझ चर्किएछ । विहिबार पे्रस विज्ञप्ती नै निकालेर केपी ओलीलाई ‘पाँच बुँदे सहमति’ प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा

जनतासँग माफी माग्न चुनौती दिएका छ । ओलीले झु’टो कुरा प्रचार गरेर आफ्नो दरिद्र राजनैतिक चरित्र प्रदर्शन गरेको बताएका छन ।

नेपालका कम्युनिष्ट नेताहरुको खराव प्रवृत्ति पुरानो भएको विश्लेषकहरुको भनाई छ । नेताहरुबीच विचारको लडाई भन्दा व्यतिmगत स्वार्थको लडा’ई भएको उनीहरु बताउँछन । पार्टीभित्र जबसम्म विचारको बहस स्थापित नभएसम्म

यहि क्रम चल्ने उनीहरुको विश्लेषण छ । यहि तरिकाले पार्टी अगाडि बढे अबको केहि वर्षमा कम्युनिष्ट पार्टी बत्ति बालेर खोज्नुपर्ने उनीहरुको दावी छ ।

शीर्ष नेताहरु जुँगाको लडाइँमा अल्झिएकै छन् । आफ्ना पार्टीको होस् या अन्य पार्टीले निमन्त्रणा दिएका कार्यक्रम । साना ठुला मञ्च भेट्टायो किन एकले अर्कालाई मनग्य गाली गर्दै मनको भँडास पोखेर आनन्द लिइरहेका छन् । नेताहरू

एकले अर्कालाई गा’ली गलौज गर्दा सामान्य राजनीतिक चरित्र समेत कायम राख्न सकेका छैनन् । एकले अर्कोलाई हो’च्याएर गा’ली गर्ने प्रवृत्तिले यी दुर्य नेताले आफ्नै राजनीतिक प्रतिष्ठामाथि प्रहार गरिरहेका छन् ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: