महामन्त्रीका उम्मेदवारहरूको मतगणना बिहीबार राति सानेपामा हुँदैगर्दा कविता शर्मा फेसबुक हेरिरहिन् । फेसबुकमा मत परिणाम ‘अपडेट’ हुन्थ्यो । त्यहीँबाट उनले थाहा पाउँथिन्- कुन उम्मेदवारको कति मत आयो भनेर ।
गएको भदाै २४ गते त्यहीँ पुगेर महामन्त्री पदमा उनले उम्मेदवारी घोषणा गरेका थिए । घोषणा गरेको पदमा उनी जित्न सफल भए पनि ।
१३औँ महाधिवेशनबाट शर्मा कांग्रेस केन्द्रीय सदस्य भए । पछि सभापति देउवाले प्रवक्ता बनाए । उनै विश्वप्रकाश दुई दिनयता भने महामन्त्रीको हैसियतमा छन् । पद बहाल गर्न भने बाँकी छ ।
यो पद सभापतिपछि सर्वाधिक अधिकार भएको पद हो । कार्यकारी पदको रूपमा पनि लिइन्छ। यसरी पति विश्वप्रकाशको जित महामन्त्रीमा हुँदैगर्दा कविता भने हौसिएकी छैनन् ।
उनका अनुसार यसअघि झापा जिल्ला सभापतिदेखि संघीय संसदको निर्वाचनमा हार्दा पनि निराश भइनन्।
उनलाई बढी चासो थियो- आफ्ना पति विश्वप्रकाश शर्माको । मनमा अर्कै किसिमले हडबडाइरहेकाे थियाे । जित्ने हुन् कि होइनन् भन्ने आशंका पनि थियाे ।
अन्ततः गणना गर्न बाँकी मतभन्दा प्रतिस्पर्धीसँगको मतान्तर बढी भएपछि विश्वप्रकाशले जित्छन् भन्ने लाग्यो ।
यसबीचमा विश्वप्रकाशको फोन आयो ।
‘कविता ! तिमी सुन्दरीजल जानुपर्छ छोराछोरीसहित । तयारी हुनु है । त्यहाँ बिपी जेल बस्नुभएको माटोलाई ढोगेर बिपीको तस्वीरमा माल्यार्पण गर्छु र धन्यवाद दिन्छु ।’
फोनमा यति कुरा भएपछि कविताले जित्नु भएछ भनी निर्क्योल् गरिन् । र, तयार पर्न थालिन् । अनि छोराछोरीकासाथ सुन्दरीजल पनि गइन्