राजेन्द्र लिङ्देन क्रेज, झापामा विभिन्न पार्टीका सयौं नेता कार्यकर्ता राप्रपामा प्रवेश

  • 21
    Shares

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र चाहिन्छ भन्ने पक्षहरुलाई समेटेर आगामी छ महिनाभित्र पार्टीलाई शक्तिशाली बनाउने उद्घोष गरेका छन् । पार्टीको आन्तरिक प्रतिष्पर्धामा कसले कता मत हाल्यो भन्ने कुरा महाधिवेशनसँगै अन्त्य भएको बताउँदै अध्यक्ष लिङ्देनले राप्रपालाई कामको आधारमा न्यायसंगत रुपमा अघि बढाउने बताए । ‘म लगायत सबैले काम गरेर देखाउनु पर्छ, कसैप्रति पूर्वाग्रह राखिन्न,’ उनले भने ।

 

‘म सानो चित्तले राजनीतिमा आएको होइन, कसैले उपेक्षित भएर पार्टी फुटाएर जानुपर्ने स्थिति बन्न दिइने छैन । हामीले गर्नुपर्ने काम अरु नै छ, पार्टीभित्र क्षमता र दक्षताका आधारमा नेता र कार्यकर्तालाई काम दिनेछु,’ लिङ्देनले भने । विगतमा कांग्रेस र कम्यूनिस्टलाई समेत मिलाएर हिँडेको स्मरण गर्दै पार्टीको आन्तरिक चुनावमा कता लाग्यो भन्ने आधारमा कसैप्रति पूर्वाग्रह नराख्ने उनले बताए ।

 

विर्तामोडमा शनिबार आयोजित गरेको बधाइ तथा शुभकामना कार्यक्रममा अध्यक्ष लिङ्देनले परिवर्तन र विकास चाहने ठूलो पंत्तिको अपेक्षा राप्रपासँग भएको बताउँदै पार्टीलाई आगामी आमनिर्वाचनबाट मुलुककै अग्रणी शक्तिको रुपमा स्थापित गरेर देखाउने दाबी गरे । राप्रपाले सदन र सडक दुवैबाट आफ्नो आवाज उठाउने र जुन बाटोबाट छिटो उपलब्धी हुन्छ त्यही मार्ग लिने उनले बताए ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित केन्द्रीय सदस्य सगुन सुन्दर लावतीले भने, ‘समावेशी, समृद्ध नयाँ नेपाल बनाउने नारा थियो । तर, हाल पद्धति र पात्र दुवै असफल भएका छन् । नेता र व्यवस्था माथि नै जनताको विश्वास टुटेको छ । त्यसैले राजा सहितको प्रजातन्त्र, धर्म परम्परा जगेर्ना गर्ने सनातन सापेक्ष हिन्दु राष्ट्र आवश्यक भएको छ ।’

 

उनले भने, ‘राप्रपाको विकासक्रममा राप्रपा नेपालको महत्वपूर्ण योगदान छ भनिन्छ तर, दुःखको कुरा पार्टीको जग हाल्ने, विचार र संगठनलाई अडाउने राप्रपा नेपालका संस्थापक अध्यक्ष रवीन्द्रनाथ शर्माको सम्मानमा कञ्जुस्याई भएको आभाष हुन्छ । पार्टी र विचारमा योगदान गर्ने सबैको सम्मान हुनुपर्छ, यसमा सुधार आवश्यक छ ।’

 

पार्टी स्थापनाको चुनौतिपूर्ण समयतर्फ फर्कदै नेता लावतीले भने, ‘आज भन्दा १४ वर्ष अघि विर्तामोडमा विचार बोकेकै कारण अध्यक्ष राजेन्द्र लिङदेन, म आफैं, टेक नारायण राजवंशी, रोहित राजवंशी, कल्यान खड्का, भूपेन्द्र लिङदेन लगायतमाथि भौतिक आक्रमण भएको थियो ।’ उनले भने, ‘त्यस बखत भीडले रवीन्द्रनाथ शर्मालाई गणतन्त्रको पक्षमा नारा लगाउनुहोस् तपाईँको हर्कबढाई गर्छौं भने । तर भीडले गणतन्त्रको पक्षमा नारा लगाउँदै गर्दा, नेता रवीन्द्रनाथ शर्माले एक्लै राजसंस्था जिन्दावादको नारा लगाए, लागइरहे । झापा जिल्ला अध्यक्ष केशव ओझाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्दीय सदस्य राजेश गिरी, प्रदेश नं १ का प्रमुख राम थापा, झापाका पूर्व जिल्ला अध्यक्ष अमर विष्ट लगायतले मन्तव्य राखेका थिए । सो अवसरमा विभिन्न दल परित्याग गरी ५४६ जना राप्रपामा प्रवेश गरेका थिए ।

 

 

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: