उपेन्द्र यादवले भने – ‘भारतीयले पनि नेपालमा भोट हाल्न पाउनुपर्छ’

  • 946
    Shares

काठमाडौँ – जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नागरिकता नहुनेलाई मतदाता हुनबाट रोक्नु कानुन तथा मानवता विरोधी कार्य रहेको बताएका छन् ।

 

उनले समाजिक सञ्जालमा निर्वाचन प्रक्रियामा भाग लिन पाउनु प्रत्येक नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै निर्वाचन आयोगले नागरिकता प्रमाणपत्र नहुनेको नाम मतदाता नामावलीमा समावेश नगर्नु असंवैधानिक हुनुका साथै अन्तराष्ट्रिय कानुन विपरित र मानवता विरोधी कार्य रहेको बताएका हुन् ।

नागरिकता प्रमाणपत्र बनाउनु र नागरिक हुनु दुवै फरक विषय रहेको उल्लेख गर्दै उनले नागरिकता प्रमाणपत्र नभएको अथवा राज्यले दिन नसकेको कारणले मात्र कुनै पनि व्यक्ति गैरनागरिक हुन नसक्ने बताएका छन् ।

लाखौं जन्मसिद्ध नागरिकहरूका सन्तानलाई अझैसम्म राज्यले नागरिकता प्रमाणपत्र दिन नसकेको उनको भनाइ छ । लाखौं मधेसीहरुलाई राज्यले नागरिकता प्रमाणपत्र प्रदान नगरेको उनले बताएका छन् ।

निरकुंश पञ्चायतकाल र राजाको शासनकालमा पनि यस्तो व्यवस्था नरहेका उल्लेख गर्दै उनले नागरिकताको प्रमाणपत्र दिनु पर्ने दायित्व राज्यको भएपनि राज्यले आफ्नो जिम्मेवारी पुरा नगरेको बताएका छन् ।

सबै नेपाली नागरिकहरूको नाम मतदाता नामावलीमा सामेल गर्नु पर्ने उल्लेख गर्दै उनले निर्वाचन आयोग र सरकारले यस्तो गम्भीर विषयमा समयमै ध्यान पुर्याउनुपर्नेमा पनि जोड दिएका छन् ।

नागरिकता प्रमाणपत्र नभएको अथवा राज्यले दिन नसकेको कारणले मात्र कुनै पनि व्यक्ति गैरनागरिक हुन नसक्ने यादवले बताए । ‘नागरिकताको प्रमाणपत्र दिनुपर्ने दायित्व राज्यको हो, राज्यले आफ्नो जिम्मेवारी पूरा नगरेको तर त्यसको सजाय जनताले भोग्नुपर्ने यो कस्तो न्याय हो ? तसर्थ सबै नेपाली नागरिकहरूको नाम मतदाता नामावलीमा सामेल गर्नुपर्दछ’ उनले भनेका छन् ।

‘यस्तो अवस्थामा निर्वाचन आयोगले नागरिकता प्रमाणपत्र नहुनेको नाम मतदाता नामावलीमा समावेश नगर्नु, मतदान गर्न पाउने अधिकारबाट वञ्चित गर्नु, निर्वाचनको प्रक्रियामा सामेल हुनबाट रोक्ने कार्य असंवैधानिक हुनुका साथै अन्तर्राष्ट्रिय कानूनका विपरीत र मानवताविरोधी कार्य हुन्’ उनले भनेका छन्, ‘निरङ्कुश पञ्चायतकाल र राजाको शासनकालमा पनि यस्तो ब्यवस्था थिएन ।’

भर्खरै

सम्बन्धित समाचार

प्रतिनिधि सभाको आजको बैठकमा ओलीको सम्बोधन: यस्तो भन्छ्न शेर बहादुर देउवा

काठमाडौँ – प्रतिनिधि सभाको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका...

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ काठमाडौं- स्थानीय तहको चुनावअघि नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा...

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई डाक्टर बाबुराम भट्टराई को टिप्पणी । नेपालका बिसे चौबिसे राज्यका...

error: