महामन्त्री विश्वप्रकाश शर्माले गरे राजिनामाको घो’षणा, गगन थापालाई देउवाले बोलाए

  • 56
    Shares

काठमाडौ । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले सोमबारदेखि पार्टी प्रवक्ताको जिम्मेवारीबाट राजिनामा दिने बताएका छन्। काठमाडौंमा पत्रकारसँग कुराकानीका क्रममा उनले महामन्त्रीको भूमिकामा स्थापित भएको बताउँदै तेह्रौँ महाधवेशनपछि पाएको प्रवक्ताको जिम्मेवारीबाट बाहिरिने बताएका हुन्।

उनले प्रवक्ताको जिम्मेवारीमा अर्को व्यक्ति आउने भन्दै उनको आउने नयाँ व्यक्तिको भूमिकालाई बढावा दिन आफू अलग हुने बताए। उनले आफू सामान्यतया बाइटको सन्दर्भमा जहिले पनि उपलब्ध हुने बताए।

‘पार्टीको धारणा र सूचनाका लागि अर्को व्यक्ति प्रवक्ताका रूपमा आउनुहुन्छ। तर यहाँहरूलाई परेको बेला म जतिखेर पनि उपलब्ध हुनेछु’, उनले भने।

यो पनि प्रमुख दलका शीर्ष नेताको बैठकमा पहिलोपटक कांग्रेस महामन्त्री गगन थापा पनि सहभागी भएका छन् । एमसीसी पारित, संसद्को गतिरो’ध हटाउने विषयमा बोलाइएको सर्वदलीय बैठकमा पहिलोपटक थापा पनि सहभागी भएका हुन् ।

प्रधानमन्त्री नि’कट स्रोतले दिएको जानकारीअनुसार उनलाई प्रधानमन्त्रीले नै फोन गरेर बैठकमा बोलाएका थिए ।“महामन्त्री र सांसदसमेत भएकाले उहाँलाई बोलाइएको हो,” स्रोतले भन्यो, “सचिवालयबाट होइन प्रधानमन्त्री नै फोन गरेर बोलाउनुभएको हो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भर्खरै

सम्बन्धित समाचार

प्रतिनिधि सभाको आजको बैठकमा ओलीको सम्बोधन: यस्तो भन्छ्न शेर बहादुर देउवा

काठमाडौँ – प्रतिनिधि सभाको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका...

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ काठमाडौं- स्थानीय तहको चुनावअघि नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा...

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई डाक्टर बाबुराम भट्टराई को टिप्पणी । नेपालका बिसे चौबिसे राज्यका...

error: