केपी ओली वामपन्थ होइनन् रामपन्थ हुन् : माधव नेपाल

  • 107
    Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालिन नेकपाका अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई चिन्नै नसकेको बताएका छन् ।

 

 

 

सोमबार समाजवादी प्रेस संगठनको आयोजनामा भएको ‘पुस ५ लाई कालो दिन’ बहस कार्यक्रममा अध्यक्ष नेपालले तत्कालिन नेकपाभित्र आएको विवादबारे चर्चा गर्दै प्रचण्ड सोझो भएर ओलीले जे भन्यो त्यही गर्दै गएको बताएका हुन् ।

प्रचण्ड सोझो हुन पुग्नुभयो । कहिल्यै कुरा उठाउनुभएन, अव मेरो पालो भन्नुपर्थ्यो नि ।

 

 

उहाँले केपी ओलीजस्तो ज्याद्रो मान्छेलाई प्रचण्डले चिन्नै सक्नुभएन’, अध्यक्ष नेपालले नेकपाभित्रको विवाद र केपी ओलीको व्यवहारको व्याख्या गरे ।

 

 

 

अध्यक्ष नेपालले ओलीले पटक पटक संसद विघटन गरेर र नेकपालाई विभाजन गरेको भन्दै उनी वामपन्थ नभएको टिप्पणी गरे ।

‘केपी ओलीको वामपन्थ होइनन रामपन्थ हुन् । अग्रगमन होइन, प्रतिगमनको नारा लगाउदै यथास्थितिको पक्षमा उनले समाजवाद मन पराउँदैनन् ।

 

 

 

 

’ उनले सत्तारुढ गठबन्धन ५ वटै पार्टी अग्रगमनका पक्षपाती भएको भन्दै प्रतिगमनका हिमायती केपी ओली भएको बताए ।

उनले विदेशीको इशारामा चल्ने एकातिर र अग्रगमनको दिशामा चल्नेहरू अर्कोतिर हिँडिरहेको समेत बताए ।

 

 

नेता नेपालले गठबन्धनले राष्ट्रिय सभाको निर्वाचन र उपनिर्वाचनमा संयुक्त रुपले अघि बढ्ने बताए । सवैको चाहाना आम चुनावसम्म पनि मिलेर गठबन्धन अघि बढोस् भन्ने रहेको भन्दै त्यसबारे छलफल भइरहेको अध्यक्ष नेपालको भनाइ छ ।

भर्खरै

सम्बन्धित समाचार

error: