एक नम्बर ‘गफाडी’ केपी आलीको नाम गिनिज बुकमा लेखिदिए हुन्छः माधब नेपाल

  • 84
    Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको नारा वामपन्थ नभइ रामपन्थ भएको बताएका छन् ।

 

उनले सोमबार भएको एक कार्यक्रममा यस्तो बताएका हुन् ।

 

“केपी ओलीको नारा वामपन्थ होइन रामपन्थ हो,” उनले भने, “उनी यथास्थितिवादी हुन् । उनी समाजवाद मन पराउँदैनन् । पाँचैवटा पार्टी अग्रगमनकारी हुन् ।

 

गफाडी नम्बर एक केपी ओली भनेर गिनिज बुकमा नाम लेखिदिए हुन्छ । परपीडक नम्बर एक केपी ओली भनिदिए हुन्छ । अरुलाई दुःखमात्रै दिने काम उनीबाट हुन्छ ।”

 

केपी ओलीलाई चिन्न नसक्ने प्रचण्ड सोझो हुनुहुँदो रहेछ

 

माधवकुमार नेपालले केपी ओलीलाई चिन्नै नसक्ने पुष्पकमल दाहाल सोझो भएको बताएका छन् ।

 

समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको प्रतिगमन विरुद्धको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

 

“प्रचण्ड सोझो हुनुुहुँदो रहेछ,” उनले भने, “केपी ओलीलाई चिन्नै सक्नुभएन । म त हत्तु भएर बसेको मान्छे ।

 

अब मेरो पालो भन्नुपर्छ नि, आलोपालो भनेपछि त मेरो पालो हो भन्नुपर्छ नि । उहाँलाई पनि केपी ओलीले सहन सकेनन् ।”

 

उनले केपी ओलीले त्यो व्यवहार २०७२ सालमा पनि देखाएको बताए । केपी ओली प्रधानमन्त्री पद छाड्नुपरेमा कुर्सी भाँच्ने धुन्धुकारी व्यक्ति भएको बताए ।

 

“यस्तो धुन्धुकारी व्यक्ति हामीले भोग्नुपरिरहेको थियो,” उनले भने ।

भर्खरै

सम्बन्धित समाचार

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ… ।। पूरा पढ्न click गर्नुहोस् ।।

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ... ।। पूरा पढ्न click...

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन त्यसैले हाम्रो जित निश्चित छ: महामन्त्री थापा ।। पूरा पढ्नुहोस् ।।

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन : महामन्त्री थापा काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले...

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ?

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ? काठमाडौँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो फराकिलो...

error: