आगामी निर्वाचनमा प्रचण्डलाई चितवन बाट पत्तासाफ पार्छु राप्रपा उपाध्यक्ष : बिक्रम पाण्डे

  • 3.1K
    Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले ३० औं वर्षदेखि एउटै व्यक्तिले पार्टीको नेतृत्व गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई व्यङ्ग्य गरेका छन् ।

 

राष्ट्रिय प्रजातन्त्र पार्टीले माडीमा गरेको स्वागत तथा सम्मान कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पाण्डेले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतको माडीमा पुगेर गत निर्वाचनका चुनावी प्रतिस्पर्धी पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि व्यङ्ग्य गरेका हुन् ।

 

उनले राप्रपाको राष्ट्रिय महाधिवेशनबाट हाम्रो पार्टी अग्रगमन र पच्छगमनकारी के रहेछ भन्ने स्पष्ट भएको बताए । उनले भने, ‘ राप्रपाले जनजाति युवालाई महाधिवेशनबाट पार्टीको अध्यक्षमा निर्वाचित गरेको छ । ३० औं वर्षदेखि एउटै व्यक्ति लाई अध्यक्ष बनाएर जनता झुक्याउँदै हिड्ने पार्टी हामी होइन । देशलाई ठूला पार्टीले पच्छगमनमा पु¥याएका छन्, जनतालाई झुक्याइएको छ । ’

 

मैले ल्याएका विकासका टेन्डरहरु अलपत्र परेको भन्दै उनले माडीको विकास निर्माणले जनप्रतिनिधिलाई गिज्याएर बसेको विचार राखे । उपाध्यक्ष पाण्डेले भने, ‘ रिउ करिडोर बनाउने योजना अगाडि बढाएको थिए । जनताको जमिनमा जंगली जनावर पस्न नपाउने योजना बनाएको थिए ।

 

माडीमा चक्रपथको अवधारणा थियो । त्यो पनि अवरुद्ध भएर बसेको छ ।’ उनले पृथ्वीनारायण शाहाले एकीकरण गरेको देश अहिले संघीयताको नाममा कित्ताकाँट गरेर राखिएको बताए । उनले संघीयताको विरोध गर्दै भने, ‘ संघीयताले देशको विकास हुन्छ भनिएको थियो तर हामीले तिरेको तिरोबाट पालेर नै नसक्ने अवस्था आयो ।

 

उनले आफूले माडीलाई नगरपालिका बनाएको दाबी गर्दै आज माडी नगरपालिका नबनाएको भए, इलाका प्रशासन र मालपोत नल्याएको भए यहाँको अवस्था के हुन्थ्यो होला भन्ने प्रश्न गरे । उनले पृथ्वीनारायण शाहाको सन्तानलाई राजाबादी भन्न नपाइने चीनमा जन्मिएको माओलाई मानेर हिड्नुपर्ने अवस्था रहेको बताए ।

 

उपाध्यक्ष पाण्डेले भने, ‘हामी राष्ट्रवादी हौं । हामी नेपालको धर्तीमा असंलग्न परराष्ट्र नीति, उत्तर र दक्षिण तिर साँठगाँठ नगरी विकास गर्न चाहन्छौं । सबै धर्मलाई सम्मान गर्छौ । विभिन्न भाषाहरुलाई समान सम्मान गर्छौ । विदेशी धर्मगुरुकोमा गएर प्रसाद चाख्ने काम राष्ट्रवादीले कहिल्यै गर्दैन । धर्मिक पर्यटकीय क्षेत्र , माडीले सम्भावना बोकेर अगाडि बढेको छ ।’

 

विक्रम पाण्डे आउँदै आएन भनेर माडी बासीले भनेको भन्दै उनले भने, ‘म सांसद हुँदा र मन्त्री हुँदा काम गर्न नदिनेहरु थिए । उहाँहरुबाट कुनै काम हुन सकेको छैन । अहिले माडी आउँदा कहीँ पनि देख्दिन । जंगलमा पिचको ठेक्का लगाएको थिए , अहिले सम्म धुले बाटो त्यस्तै छ । सिंगो प्राणीलाई विकास गर्नुपर्छ । व्यक्ति होइन ।

 

इलाका प्रशासन र मालपोत हामीले स्थापना गरेको हो । नगरबस पनि सञ्चालन गरेका थियौं ।’ उनले भने, ‘भाषण गर्नेहरुले धेरै गरे । धनीको सम्पति बाड्छु भनेर पनि भाषण गरे । अब मेरो प्रधानमन्त्री र मन्त्री भएर कुर्चीमा गएर बस्न पाइएन भन्ने सोचेर अब आउने निर्वाचनमा भोट घट्ला भनेर बरबराउँदै हिडेका छन् ।

 

विभिन्न मन्त्रालयको मन्त्री उठाएर ल्याउने, नक्कली प्राविधिक मन्त्री पनि ल्याउँछन् । यतिबेला फेरि स्याल आयो, स्याल आयो भन्नुहुन्छ न स्याल आउँछ न विकास आउँछ । यो ठाउँको विकास गर्ने मानिस, उसले घर बनाएको छ । घडेरी किनेको छ । त्यो घर कहाँबाट बन्यो काठमाडौँमा । ठूलठुला मानिसहरु डेरामा बसेको छु भन्छन् । ’

 

उपाध्यक्ष पाण्डेले दक्षिण एशियाकै धनी नेताहरु हाम्रो देशमा र विश्वकै गरिब जनता हाम्रो देशमा रहेको बताए । उनले ठूला दलका नेताहरुप्रति आक्रोश पोख्दै भने, ‘गरिबलाई झुक्याएको छ । खै त कम्युनिस्टहरु आए त केही परिवर्तन भएन । आफ्नो परिवारको आफ्नो नजिकको मानिसको भयो ।

 

संविधान न घोडा र न उँट जस्तो बनाइयो । यो राम्रो भएछ भन्ने ठाउँ नै छैन । अब राष्ट्रिय ढुकुटी दुर्घटनामा जान खोजेको छ । अप्ठ्यारो अवस्थामा देशमा आउन लागेको छ । हामी यो वादी र त्यो वादी भन्नेहरुले देशको पक्षमा काम गरेकै छैनन् । धर्म र संस्कृतिलाई आक्रमण गर्नेहरुमाथि काम गरेका छन् ।

 

हामीले तिरेको कर , संघीय सरकारदेखि प्रदेश, स्थानीय तहमा खर्च भइरहेको छ । सरकारी गाडी र मोटरसाइकल चढेर हिडेका छन् । ’ उनले ठूला पार्टीका नेताहरु विदेशीको इशारामा धर्मको विरुद्ध काम गरिरहेको दाबी गरे ।

भर्खरै

सम्बन्धित समाचार

error: