देश विकास र जनताको लागी भएपनि एमसीसी कुनै हातलमा पास गरेरै छाड्छौ(शेरबहादुर देउवा)

  • 3.4K
    Shares

काठमाडौं । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोगसम्बन्धी एमसीसी पारित गरिछाड्ने दिशामा आफूलाई अगाडि बढाएका छन् । उनले त्यसका लागि आवश्यक प्रक्रियासमेत बढाएका छन् ।

 

 

 

देउवानिकट स्रोतका अनुसार उनी कुनै हालतमा एमसीसी पारित गर्ने पक्षमा छन् । एमसीसी उनी यसअघि प्रधानमन्त्री हुँदा नै सम्झौता भएकाले पारित पनि आफ्नै कार्यकालमा गर्ने देउवाको तयारी छ । यसका लागि उनले विकल्पहरुमा समेत छलफल बढाएका छन् ।

 

 

 

देउवाले सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई साथ दिन आग्रह गरेका छन् । अध्ययन कमिटी समेत बनाउन देउवा सहमत भएका छन् । त्यसपछि उनी अघि बढ्ने बुझिएको छ ।

 

 

 

एमसीसी पारित गर्न सत्ता गठबन्धनको विकल्प समेत खोज्ने गरी देउवानिकट नेताहरुले सुझाव दिन थालेको बुझिएको छ । नेकपा एमालेसँग मिलेर भएपनि एमसीसी पारित गर्नेबारे विकल्पमा छलफल बढेको विश्वस्त स्रोतले जनाएको छ ।

 

 

प्रचण्डले यही चाल पाएर सोमबार सनसनीपूर्ण खुलासा गरे । ओलीले गठबन्धन भत्काउन काँग्रेसलाई एक्लै सरकार चलाउन आग्रह गरेको र शर्तसहित एमसीसीमा साथ दिने प्रस्ताव गरेको प्रचण्डले खुलाएका हुन् ।

 

 

 

नेकपा एसका अध्यक्ष माधव नेपालले पनि एमसीसी जस्ताको तस्तै पारित गर्न नहुने धारणा दोहोराएका छन् । उनले गठबन्धन बलियो रहने विश्वास समेत व्यक्त गरे ।

 

 

 

प्रचण्ड र माधव नेपाल एमसीसीप्रति सकारात्मक नभएपछि देउवामाथि विकल्प तयार गर्न दबाब बढेको छ । एमसीसी पारित गर्न देउवाले विकल्पहरुबारे छलफल गरेका हुन् । उनले विश्वासपात्र पठाएर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल समेत बढाइरहेका छन् ।

 

 

 

 

एमसीसीमा ब्याक हुने वा पारित गर्न कठोर निर्णयका साथ अगाडि बढ्नेबाहेक देउवासँग विकल्प छैन । उनले एमसीसीमा पछि हट्ने वा गठबन्धन भत्काएर ओलीसँग मिलेर पारित गर्नेबारे विकल्पसहित छलफल चलाएको बुझिएको छ ।

भर्खरै

सम्बन्धित समाचार

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ… ।। पूरा पढ्न click गर्नुहोस् ।।

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ... ।। पूरा पढ्न click...

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन त्यसैले हाम्रो जित निश्चित छ: महामन्त्री थापा ।। पूरा पढ्नुहोस् ।।

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन : महामन्त्री थापा काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले...

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ?

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ? काठमाडौँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो फराकिलो...

error: