१ हप्ता भित्र एमसीसी पास नगरे देशमा आगाे बाल्छाैँ – एमाले उपाध्यक्ष सुरेण्द्र पाण्डे

  • 3.2K
    Shares

एमसीसीबारे कतिपयले नबुझेर टीकाटिप्पणी गरेका छन् : उपाध्यक्ष पाण्डे

 

 

नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले बिनासर्त कुनै पनि सहायता नपाइने बताएका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले सोमबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जुनसुकै देश वा दाताले दिने सहायतामा सर्त हुने गरेको बताएका हुन् ।

 

 

 

पूर्वअर्थमन्त्रीसमेत रहेका पाण्डेले एमसीसीका सन्दर्भमा सोधिएको प्रश्नमा सहायता र ऋणमा पनि सर्त हुने बताए । उनले भने, ‘कतिपयले नबुझेर टीकाटिप्पणी गरेका छन्, सहायता र ऋण बिनासर्त आउँदैन ।

 

 

 

अन्य विभिन्न देशबाट ऋण र अनुदान लिँदा सम्बन्धित ठेकेदारलाई ठेक्का दिने गरी लिने गरेको उनको भनाइ छ । पूर्वअर्थमन्त्री पाण्डेले सहायता प्राप्त गर्ने विधि थाहा नहुँदा धेरैलाई बिनासर्त आउँछ भन्ने भान परेको बताए ।

 

 

 

 

एमसीसीमा पनि सर्त रहेको भन्दै उनले ती सर्त देशको हितमा छ भने मान्न पर्ने र हितमा छैनन् भने मान्न नहुने बताए । एमसीसीको विषयमा टिप्पणी गर्दै उनले रकम ठूलो कुरा नभए पनि यो राजनीतिक सम्बन्धमा गयो भने गम्भीर समस्या ल्याउन सक्ने बताए ।

 

 

 

अमेरिकासँगको सम्बन्ध अरुको जस्तो थप जटिल बनिदियो भने भविष्यमा वैदेशिक सहायता वा ऋणको पक्ष कमजोर बनेर जान सक्ने उनको चिन्ता थियो । यस्तो परिस्थितिमा बुद्धिमत्तापूर्ण ढंगले समस्याको सम्बोधन गर्नुपर्ने पाण्डेको भनाइ छ ।

 

 

 

 

यद्यपि सरकारले जिम्मेवार बनेर काम गर्न नखोजेको उनको आरोप छ । देशमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकासँगै अर्थतन्त्रमा जटिल समस्या देखिएको भन्दै उनले यसको समाधान निर्वाचन नै भएको दाबी गरे । पत्रकार सम्मेलनमा पाण्डेले नेकपा (एमाले) भित्रको आन्तरिक व्यवस्थापन, जिल्लामा भएका विकास निर्माण बारेमा प्रकाश पारेका थिए ।

भर्खरै

सम्बन्धित समाचार

प्रतिनिधि सभाको आजको बैठकमा ओलीको सम्बोधन: यस्तो भन्छ्न शेर बहादुर देउवा

काठमाडौँ – प्रतिनिधि सभाको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका...

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ काठमाडौं- स्थानीय तहको चुनावअघि नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा...

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई डाक्टर बाबुराम भट्टराई को टिप्पणी । नेपालका बिसे चौबिसे राज्यका...

error: