काठमाडौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भर्खरको बाछोको संज्ञा दिएका छन्।
उनले लिङ्देनले नेतालाई जनताले चोर भन्न थालेको भन्दै गरेको टिप्पणीप्रति आक्रोश पोखेका छन्।
‘भर्खर भर्खरको बाछो हिंडन जान्दैन। नेता चोर हुनु भन्ने?’ ओलीले लिङ्देनको नाम नलिई व्यङ्ग्य गरे। उनले लिङ्देन नयाँ नयाँ अध्यक्ष भएकाले राप र ताप भएको टिप्पणी गरे।
ओलीले नेपाली काँग्रेस र नेकपा एमाले देशको मुख्य शक्ति भएको उल्लेख गर्दै देशमा हुने हरेक परिवर्तन र योगदानमा यीनै दुई दलको भूमिका हुने बताए।
उनले थपे, ‘हामीलाई चोरको संज्ञा दिने त्यो लिङ्देनले? जस्ले आजसम्म देश र जनताको लागि सिंको भाचेको छैन, मलाई त जनताले ‘केपि बा’ भनेर मान्छन्।’