MCC बिरुद्ध आफ्नो पक्षमा देशैभर सडक आन्दोलन चर्काउन युवा विद्यार्थीलाई ओलीको निर्देशन

  • 1.2K
    Shares

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध पार्टीमा मोर्चाबन्दी भएपछि सडक  एमसिसी  बिरुद्ध चोर्को आन्दोलन  चर्काउन युवा विद्यार्थीहरुलाई निर्देशन दिएका छन् ।

 

बिहीबार राति ११ बजेतिर  आफू निकट युवा विद्यार्थी नेताहरुलाई बालुवाटार बोलाएर सरकारको पक्षमा देशव्यापी आन्दोलन चर्काउन निर्देशन दिएका हुन् । प्रचण्ड नेपाल समूहले स्थायी समितिमा शक्ति प्रदर्शन गर्दै आफूविरुद्ध मोर्चाबन्दी गरेपछि ओलीले सडक आन्दोलन चर्काउने बाटो रोजेका हुन्।

 

 

 

 

 

पार्टीभित्र अल्पमतमा रहेका ओलीले सरकारमाथि संकट गहिरिँदै गएपछि युवा विद्यार्थीहरुलाई उकासेका हुन् । केपी ओलीको मध्यरातको निर्देशनपछि युवा विद्यार्थीहरुले देशव्यापी आन्दोलन चर्काउने तयारी थालिसकेका छन् ।

 

 

 

 

 

बिहीबार बिहान पनि काठमाडौँको माइतीघरमा ओली सरकार ढाल्न नपाइने भन्दै प्रदर्शन  काठमाडौँमा मात्र सीमित नगरी देशव्यापी बनाउन निर्देशन दिएको श्रोतले बताएको छ ।

 

 

 

स्थायी समितिमा आफूविरुद्ध मोर्चाबन्दी भए पनी पार्टी अध्यक्ष दुवै पदबाट पछि नहट्ने अडान लिएका छन् । तर दाहाल नेपाल समूहले ओलीलाई जसरी पनि राजीनामा दिन बाध्य पार्ने रणनीति लिएका छन् ।

 

 

 

हालै  भारतले आफूलाई पदबाट हटाउन षडयन्त्र गरिरहेको र नेपालका नेताहरुले पनि उक्त षडयन्त्रमा साथ दिइरहेको बताएपछि नेकपामा विवाद चुलिएको हो । आफूहरुलाई ओलीले भारतीय एजेन्टको आरोप लगाएको भन्दै स्थायी समिति बैठकमा नेताहरुले उनको राजीनामा मागेका हुन् ।

 

 

 

 

विवादले चर्को रुप लिएपछि पार्टी फुटको संघारमा पुगेको छ । दाहाल नेपाल समूहको बैठकमा ओलीलाई हटाउन खोज्दा पार्टी फुटको संघारमा पनि पुग्न सक्नेबारे लामो बहस चलेको थियो । नेपाल टाइम्स बाट

भर्खरै

सम्बन्धित समाचार

काठमाडौंको नगरपालिकाको मेयरमा राप्रपाको जित

काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाका रमेश नापित मेयर पदमा विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका उम्मदवारलाई ७०४ मतको अन्तरले पराजित...

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति   तीन वटा बीमा कम्पनीहरु प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र...

चुनाव जित्न यस्तो षडेन्त्र गर्दै: रेणु दाहाल

भरतपुरमा एमाले कै चमत्कार, रेणु दाहाललाई झड्का, एमालेका विजय सुवेदी लिडिङ्गमा !   भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेद्वार विजय...

error: