राप्रपाको अध्यक्षमा नराम्रो सँग पराजय बेहोरेर बसेका कमल थापा एमाले प्रवेश गर्ने हल्ला पछिल्लो दिनमा निकै चर्चामा रहेको छ । हावा नचली पात हल्लीदैँन भनिन्छ तर पनि भूपी शेरचनलाई सम्झँदा मान्छेहरु यो हल्लै हल्लाको देश हो भनेर मान्न विवश हुन्छन् ।”
“कमल थापा एमाले प्रवेश गर्ने भन्ने खबर बारे चर्चित राजनितिक विश्लेषक डा सुरेन्द्र केसीले भने खरो विश्लेषण गरेका छन् । कमल थापाको राजनिती कहिल्यै नउठ्ने गरी समाप्त भएको भन्दै केसीले एमालेले कमल थापालाई कुनै हालतमा पार्टी प्रवेश गराउँन नसक्ने ठोकुवा गरेका छन् ।”
“ओटीभी नेपाल डट कम सँगको विशेष कुराकानीमा राजनितीक विश्लेषक डा केसीले हल्लाखोरहरुले बाहिर जे जस्तो कुरा गरे पनि एमालेजस्तो पार्टीले कमल थापा जस्तो राजनितीक फोहोरीलाई पार्टीमा स्थान देला भनेर आफुलाई पटक्कै विश्वास नलागेको बताएका छन् ।
“डा केसीले के एमाले डस्बीन होर ?कमल थापा जस्तो फोहारलाई स्टोर गर्नका लागी भनेर प्रश्न गरेका छन् । बाहिर मान्छेहरु हल्ला गर्दछन् एमाले सकियो , खत्तम भयो आदी इत्यादी भनेर ,जतिनै एमाले सकिएको र खत्तमै पार्टी भए पनि कमल थापा जस्तो फोहोरलाई स्टोर गर्ने डस्बिन बन्छ जस्तो चाँही मलाई लाग्दैन । केसीले भनेका छन् ।
अरुका कारण होइन, कमल थापा आफ्नै अवसरवादी चरित्रका कारण समाप्त भएको डा केसीले ठोकुवा गरेका छन् । अब राजनितीमा कमल थापाको फेरी उदय हुने कुनै सम्भावनानै नभएको जिकिर पनि केसीले गरेका छन् । सुतेर निन्द्रा पुगे पछि उठ्ने मात्रै हो, कमल थापा राजनितीमा उठ्न अब गारो छ, केसीले भनेका छन् ।
जसरी कमल थापाको ,राजनिती सकिएको छ त्यसै गरि नेपाली काग्रेसबाट प्रकाशमान सिंह र विमलेन्द्र निधीको पनि राजनिती समाप्त भएको ठोकुवा डा केसीले गरेका छन् । मान्छेले गर्न हुने काम नै सिंह र निधीले नगरेको भन्दै राजनितीक शब्द कोषमा भएको जत्ती सुकै तल्लो स्तरको शब्द पनि उनीहरुलाई प्रयोग गर्दा अन्यथा नहुने भन्दै केसीले प्रहार गरेका छन् ।”
“अब निधी र सिंह सँग कुनै तर्क नभएको भन्दै उनीहरुले देउवा सँग बिकेरनै शेखर कोइरालालाई हराएको विश्लेषण डा केसीको रहेको छ । अब कुनै पनि मुखले उनीहरुले विधी, पद्धती र पारदर्शिताको कुरा गर्न नमिल्ने भन्दै त्यस्ताको गफ अब कसैले नपत्याउँने जिकिर गरेका छन् ।