एमसीसी बुझेकोले कदापि बिरोध गर्दैन यो एक सहयोग अनुदान हो अबुझ बेरोजगारि हरु सडकमा नांगो नाच देखाईरहेका छन : गृहमन्त्री खाँड

  • 3.7K
    Shares

जनकपुरधाम : गृहमन्त्री बालकृष्ण खाँणले नेपालको विकासका लागि नेपालकै प्रस्तावमा आएको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित हुने बताएका छन् । मन्त्री खाँणले पूर्ववर्ती सरकारहरुकै पालोमा अघि बढेको र नेपालको विकासका लागि परियोजना बीच अघि नै सम्झौता भएकाले एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताए ।

 

नेपाली काँग्रेस प्रदेश २ को अधिवेशनलाई केन्द्रित गरेर जनकपुरधाम आइपुगेका गृहमन्त्री खाँणले स्व. रामनारायण मिश्रको समाधिस्थलमा आयोजना गरिएको स्मृतिसभामा पत्रकारसँग कुरा गर्दै एमसीसीको बारेमा जनतामा केही भ्रम छरिएको बताए । उनले भने, ‘अमेरिकी सरकारले एमसीसीको माध्यमबाट मुख्यतः गरिबी निवारण र रोजगारीसँग सम्बन्धित परियोजना सञ्चालन गरिरहेको छ । यसमा अन्य कुनै भ्रम छैन् ।’

 

नेपाल सरकारले विद्युतीकरण र विद्युतीकरणको परियोजना तथा सडक निर्माण परियोजनाका लागि निःशर्त अनुदान दिन लागेको पनि उनले जानकारी गराए । उनले भने, ‘एमसीसीको परियोजना कुनै ऋण होइन, यो निःशर्त अनुदान हो, गठबन्धनको दलहरुको सहमतिको आधारमा यो पारित हुन्छ ।’

 

पत्ररकारको जिज्ञासामा गृहमन्त्री खाँणले कुनै पनि प्रस्ताव अगाडि लग्नुभन्दा पहिले सहमति र सहकार्यता जरुरी रहेकाले वातावरण तयारीमा लागेको बताए । प्रदेश २ को नेपाली कांग्रेसका महाधिवेशन लक्षित गरी नेताहरु विमलेन्द्र निधिसहितका नेताहरु जनकपुरधाम पुगेका छन्।

भर्खरै

सम्बन्धित समाचार

प्रतिनिधि सभाको आजको बैठकमा ओलीको सम्बोधन: यस्तो भन्छ्न शेर बहादुर देउवा

काठमाडौँ – प्रतिनिधि सभाको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका...

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ काठमाडौं- स्थानीय तहको चुनावअघि नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा...

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई डाक्टर बाबुराम भट्टराई को टिप्पणी । नेपालका बिसे चौबिसे राज्यका...

error: