एमसीसीको समर्थन गर्नेहरु देशद्रोही हुन्ः प्रेम सुवाल

  • 204
    Shares

काठमाडौं। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकी सहायता परियोजना एमसीसीलाई समर्थन गर्नेहरु देशघाती र देशद्रोही भएको टिप्पणी गरेका छन् ।

 

एमाले अवरोधका बीच बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले एमसीसीलाई समर्थन गर्नेहरु देशघाती र देशद्रोही भएको बताएका हुन् ।

 

उनले नेपाल र अमेरिकाबीचको एमसीसी सम्झौंतामा भारतको गोरखपुरसम्म विद्युत प्रशारण लाईन तान्ने कुरा कहाँबाट आयो रु भन्दै सरकारसँग प्रश्न समेत गरे ।

 

उनले नेपालको विद्युत नेपाललाई आवश्यक रहेको र त्यसले नेपालमा विद्युतबाट चल्ने रेल र विद्युतीय सवारी साधन संचालन गर्न सरकारसँग माग पनि गरे ।

 

उनले भने, ‘नेपालको विजुली भनेको नेपाललाई नै चाहिन्छ । एमसीसी सम्झौता भनेको नेपालको विजुली भारत हुँदै सिंगापुर लाने हो ।

 

एमसीसी सम्झौताको अनुसूचि ५ (क) मा गोरखपुरसम्म प्रशारण लाईन तान्ने उल्लेख छ ।

 

अमेरिका र नेपालको सम्झौतामा गोरखपुरसम्म बिजुलीका लाईन तान्ने कहाँबाट आयो रु कुनै पनि देशभक्त नेपालीले यो देशघाती एमसीसी सम्झौतालाई समर्थन गर्न सक्दैनन् ।

 

एमसीसी समर्थन गर्नेहरु देशघाती र देशद्रोही नै हुन्। यसमा कुनै फरकै छैन । यो विषयमा सदन र सरकारको ध्यान जाओस् ।’

 

सांसद सुवालले एमसीसीको विषयमा सरकार र सदनले विशेष ध्यान दिनुपर्ने आवश्यकता समेत औंल्याए । उनले एमालेले अवरोध गरिरहेका बेला संसद बैठक सूचारु गराउन नहुने अडान पनि राखे ।

भर्खरै

सम्बन्धित समाचार

काठमाडौंको नगरपालिकाको मेयरमा राप्रपाको जित

काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाका रमेश नापित मेयर पदमा विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका उम्मदवारलाई ७०४ मतको अन्तरले पराजित...

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति   तीन वटा बीमा कम्पनीहरु प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र...

चुनाव जित्न यस्तो षडेन्त्र गर्दै: रेणु दाहाल

भरतपुरमा एमाले कै चमत्कार, रेणु दाहाललाई झड्का, एमालेका विजय सुवेदी लिडिङ्गमा !   भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेद्वार विजय...

error: