एक महिना, बेपत्ता भएकी’ सहरी विकास’ मन्त्री रामकुमारी झाँक्री ले ५ करोड रुपैयाँ बराबरको बिल सरकार समक्ष पेश गरीन,,?

  • 523
    Shares

सहरी विकास, मन्त्री एवं नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले एक महिनाजसो सोसल मिडियामा, हाजिरी जनाइनन् । मूलधारका सञ्चारमाध्यममा पनि देखिइनन् । आखिर सोसल मिडिया, सेलेब्रिटी झाँक्री कता बेपत्ता भइन् त ?

 

 

 

 

“हिजो राति प्रसारण भएको, प्राइम टाइम टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री

 

झाँक्रीले त्यसको राज खुलाइन्, “एक त म सोसल मिडियामा कम जान लागेँ । मेन स्ट्रिमका मिडियामा जान कम गरेँ । तपाईंले पनि बोलाउनुभएन ।”

 

मन्त्री हुनासाथ आफूलाई कोभिड र निमोनिया भएको पनि उनले खुलाइन् । उनले थपिन्, “मन्त्री भएपछि मलाई कोभिड र निमोनिया भयो । एक महिनाजसो बिरामी नै परेँ । त्यस कारण मेरो बाहिरी सक्रियता नदेखिएको हो । अरु कुनै कारण छैन ।”

“अहिले उनी दैनिक ५ सय जनालाई भेटिरहेकी छन् । तर मन्त्रालयमा तपाईंको प्रभावकारिता त केही देखिएन नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भनिन्, “म रोस्टर नै राखेर दैनिक ५ सय मान्छे भेटिरहेकी छु । म व्यक्तिगतभन्दा पनि सामूहिक कुरा गर्छु । मेरा समकालीन र जुनियर साथीहरु प्रेमले आउनुहुन्छ । जिल्लाबाट आउने साथीहरु दुई—पाँच लाखका खुद्रे योजना लिएर आउनुहुन्छ । त्यसपछि मलाई के थाहा भयो हामीले स्थानीय सरकार छ भन्ने अनुभूति दिन सकेका रहेनछौं । जनप्रतिनिधिहरुलाई हामी पनि सरकार हो भन्ने घमण्ड मात्र रहेछ ।”

 

 

“आफूले  खर्च गरेको एक महिनामा सबै गरेर ५ करोड रुपैयाँ बराबरको बिल सरकार समक्ष पेश गरेको  पनि बताईन मन्त्रालयमा सुशासन, संगठनात्मक र व्यवस्थापन सुधारका काम सुरु गरेको मन्त्री झाँक्रीले बताइन् ।

 

उनले भने, “मेरो मन्त्रालयले आम जनतालाई डोर टु डोर सेवा दिन सक्दैन । विपन्न वर्गका लागि जनता आवास, भूकम्पपीडितलाई राहत आदि यसमा पर्छन् । यसको खास अनुभूति सहरी मध्यमवर्गले पाउने हो ।”

 

 

 

“उपभोक्ता समितिका नाममा भएका बेरुजुका अंक निकाल्ने काम भइरहेको छ । मैले जवाफदेहिता, आर्थिक अनुशासन र पारदर्शितामा जोड दिएकी छु । यसो गराउनैपर्छ । नगरे अख्तियारले हामीलाई छाड्दैन । मैले गरेको प्रयत्नको परिणाम निक्लन अलिकति समय लाग्छ ।”

भर्खरै

सम्बन्धित समाचार

प्रतिनिधि सभाको आजको बैठकमा ओलीको सम्बोधन: यस्तो भन्छ्न शेर बहादुर देउवा

काठमाडौँ – प्रतिनिधि सभाको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका...

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ काठमाडौं- स्थानीय तहको चुनावअघि नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा...

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई डाक्टर बाबुराम भट्टराई को टिप्पणी । नेपालका बिसे चौबिसे राज्यका...

error: