एमसीसीको बिषयमा म केही बोल्दिन यो मेरो काम हैन : रामकुमारी झाँक्री

  • 90
    Shares

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसीसी पारित गराउने वा असफल गराउने भनेर आफू दुवैतिर नलाग्ने स्पष्ट पारेकी छिन् ।

 

एक टेलिभिजनको अन्तरवार्ताको क्रममा यस्तो बताएकी होइन् । उनले दिएको अभिब्यक्ति गैरजिम्मेवार भएको भन्दै उनको चर्को आलोचना समेत भएको छ ।

 

उनले जनमतको समेत कदर नगरि गैरजिम्मेवार अभिब्यक्ति दिएकी हुन् ।

 

उनले भनिन म एमसीसी पास गर्ने पक्षमा पनि छैन फेल गर्ने पक्षा पनि छैन् । म मन्त्रिपरिषदको सदस्य भएबापत क्याविनेटमा यो प्रस्ताव आउँदैन् ।

 

मैले त्यहाँ छलफलमा भाग लिएँ, सरकारको मन्त्री बोल्ने त अर्थमन्त्रीले टेबुल गर्ने हो । त्यो मैले पनि गर्ने होईन् । अर्को कुरा, यो अघिल्लो सरकारले ल्याईसकेको छ । त्यो पनि गर्नुपरेन । सभामुखले चेयर गर्ने हो, त्यतिमात्रै जान्नुपर्छ ।

 

पार्लियामेन्टेरियनहरुले पारित गर्ने हो, त्यो २७५ जनाको टिमले गर्ने कुरा हो । सरकारले ल्याउनुपर्ने कुरा अघिल्लै सरकारले ल्याईसक्यो । यसमा फेरि मैले आएर प्राइम टिभीमा भोट हाल्नुपनि पर्दैन् ।’

 

उनले एमसीसीको कारणले अहिलेको पाँच दलीय गठबन्धन नटुट्ने पनि जिकिर गरिन् । उनले एमसीसीलाई लिएर गठबन्धनमा कुनै असहमति नहुने पनि बताईन् । एमसीसी पारित गर भनेर अमेरिकाले कुनै दबाब नदिएको पनि उनले स्पष्ट पारिन् ।

 

रामकुमारी झाक्रीले पक्ष र विपक्षको बाटो नरोजी उनले बिरोधाभासपूर्ण अभिब्यक्ति दिएकी हुन् ।

भर्खरै

सम्बन्धित समाचार

काठमाडौंको नगरपालिकाको मेयरमा राप्रपाको जित

काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाका रमेश नापित मेयर पदमा विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका उम्मदवारलाई ७०४ मतको अन्तरले पराजित...

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति   तीन वटा बीमा कम्पनीहरु प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र...

चुनाव जित्न यस्तो षडेन्त्र गर्दै: रेणु दाहाल

भरतपुरमा एमाले कै चमत्कार, रेणु दाहाललाई झड्का, एमालेका विजय सुवेदी लिडिङ्गमा !   भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेद्वार विजय...

error: