म पूर्वराजाको कमारो होइन, राजसंस्था बिरुद्ध देश देशव्यापी अभियान चलाउँछौं सबै मिलेर देश निकाला गर्नु पर्छ राजालाई: कमल थापा

  • 3.5K
    Shares

काठमाडौं । राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङ्देन सँग नमिठो पराजय भोगेर मुर्छित भएर बसेका कमल थापाले आफु पूर्वराजा ज्ञानेद्र शाहको कमारो नभएको र अब राजसंस्थाको पक्षमा लाग्न नसक्ने बताएका छन ।

 

 

 

राप्रपाका पूर्व अध्यक्ष थापाले आफु पूर्वराजा ज्ञानेन्द्रको कमारो र दास नभएको भन्दै उनले जे जसो भन्छन् त्यसलाई हस भनेर जान नसक्ने प्रष्ट पारेका छन् ।

आफुलाई निर्मल निवासको नांंगो हस्तक्षेप गरेर अध्यक्षमा पराजित गराईएको दाबी गर्दै आएका थापाले पूर्व राजा माथी झन कडा प्रहार गर्न थालेको छन् ।

 

 

 

 

एक टेलिभिजन अन्तर्वाताका क्रममा के म पूर्वराजाको कमारो र दास होर ? भन्दै उनी खनिएका छन् । पूर्वराजाले चाहे अनुसार कमल थापा नचल्ने निष्कर्ष निकालिएर नै आफुलाई षड्यन्त्र गरेर हराईएको दावी पनी उनले गरेका छन् ।

अब राजसंस्थाको एजेण्डा बोकेर हिड्ने की नहिड्ने भनेर गम्भिर अवस्थामा आफु पुगेको उनले बताएका छन् ।

 

 

 

जसका लागी मैलै जीवनको कुर्वानी गरेको छु आज उनैलाई मेरो विश्वास छैन भने म किन उनको एजेण्डा बोकेर हिँडु रु उनले प्रश्न गरेका छन् ।

 

 

 

 

थापाले अब आफुले राजसंस्थाको एजेण्डा छोड्ने संकेत पनि दिएका छन् । छिट्टैनै आफ्नो एजेण्डा लिएर देशव्यापी अभियान चलाउँने घोषणा उनले गरेका छन् ।

 

 

 

 

राप्रपाको महाधिवेशनमा निर्मल निवास बाट भएको नांगो हस्तक्षेपको प्रमाण आफु सँग सुरक्षित भएको दावी पनि थापाले गरेका छन् ।

 

 

 

पार्टीमा यस विषयमा छानविन गर्नका लागी आफुले लिखित रुपमा माग गरेको भन्दै थापाले आवश्यक परेका बेलामा प्रमाण पेश गर्न तयार रहेको पनि बताएका छन् । रेकर्ड सहितको प्रमाण आफु सँग भएको दावी उनले गरेका छन् ।

 

 

 

 

निर्मल निवासले गरेको हस्तक्षेपका बारेमा राप्रपाले छानवीन गरेर भत्सना नगर्ने हो भने आफु सो पार्टी बाट अलग हुने घोषणा पनि थापाले गरेका छन् ।

 

 

 

 

यो बिषयमा छानविन नभए सम्म पार्टी कार्यालय पनि नजाने पनि थापाले बताएका छन् । छानविन नभएमा आफुले राजसंस्थाको एजेण्डानै परित्याग गर्ने उनले बताएका छन् ।

 

 

 

कतिपय मान्छेहरुले कमल थापाले राजा माथी अली कडा ढंगले प्रहार गर्यो भन्छन्, मलाई मेरो राजनितीनै सिध्याउँने गरि पछाडी बाट छुरा रोपिएको छ अनी मैले ऐया पनि भन्न नपाउँनुरु थापाले प्रश्न गरेका छन् ।

 

 

 

कार्तिक महिनामा मात्रै पुर्वराजा ज्ञानेन्द्रले बोलाएर चाँदीको थालमा खाना खुवाएको पनि उनले खुलासा गरेका छन् ।

 

 

कार्तिकमा बोलाएर चाँदीको थालमा खाना खुवाउँने एक महिना नवित्दै यत्रो षड्यन्त्र रु भन्दै थापा खनिएका छन् ।

 

 

 

राप्रपालाई ज्ञानेन्द्रले भजनमण्डली बनाउँन खोजेको भन्दै राजेन्द्र लिङ्देन लाई हति यार मात्रै बनाएको जिकिर उनले गरेका छन् ।

 

 

 

आफुले लिङ्देन सँग होइन निर्मल निवास सँग प्रतिष्पर्धा गरेर पराजित भएको थापाले भनेका छन् ।

भर्खरै

सम्बन्धित समाचार

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ… ।। पूरा पढ्न click गर्नुहोस् ।।

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ... ।। पूरा पढ्न click...

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन त्यसैले हाम्रो जित निश्चित छ: महामन्त्री थापा ।। पूरा पढ्नुहोस् ।।

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन : महामन्त्री थापा काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले...

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ?

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ? काठमाडौँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो फराकिलो...

error: