मात्र 6 लाख मा बन्दै छन ४ कोठाको घर इच्छुक ले दिनुहोस जिम्मा सम्पर्क नम्बर सहित हेर्नुहोस् ।

  • 84
    Shares

1)धेरै लगानी गरे र मात्र आकर्सक अनि सुरक्षित घर निर्माण हुदैन।

 

 

2)आधुनिक टेक्नोलोजीको समयमा निम्न लगानीमा पानी आकर्षक डिजाइनमा सुबिधा सम्पन्न अनि सुरक्षित घर निर्माण गर्न सकिन्छ ।

 

 

 

3)करोडौं खर्च गरेर निर्माण गरिएको घरमापनि हामिले सुरक्षित र मजबुतिको वारेन्टी न पाइने भैइ परि आउने जोखिम र नोक्सानी आफैले बिहोर्नु पर्ने अवस्था बाट अब मुक्त हुनुहोस् ।

 

 

4)हाम्रो कम्पनीबाट निम्न लगानिको घरलाई समेत वारेन्टीको साथ निर्माण गर्नुको साथै बिज्ञापनको लागि सुरुमा घर निर्माण गर्ने ग्राहक मानुभवहरु को लागि विशेष छुट को पनि बेवास्ता गरिएको छ । धन्यवाद ।

थप जान्कारिको लागि फोन: ,,,,,
WhatsApp:,,,

 

 

यहाँ हामीले काठमाडौंमा आठ सयदेखि एक हजार वर्गफुटमा (तीन/चार/पाँच आना जग्गामा) बनाउन सकिने चार कोठे घरको लागत अनुमान विवरण तयार पारेका छौं।विभिन्न निर्माण कम्पनीका इञ्जिनियर तथा प्राविधिकहरूसँगको कुराकानीपछि हामीले यो विवरण तयार पारेका हौं।

 

त्यसो त घर निर्माण लागत बनाउनेको इच्छा र आवश्यकताले तय गर्छ। कोही आफ्नो बजेट र आम्दानीअनुसार केही वर्ष लगाएर बनाइसक्ने होलान्। जस्तैः यो वर्ष, जग राख्ने। अर्को वर्ष ढलान र गाह्रो उठाउने। अर्कोवर्ष रंगरोगन, भान्सा लगायत। वा कसैलाई दुई-चार महिनामै सक्नेगरी हतारो होला। त्यस्तै प्रयोग हुने अत्यावश्यक बाहेकका सामग्री कस्ता राख्ने भन्ने आधारमा लागत घटबढ हुन्छ।

 

सिमेन्ट, इँटा, गिटी–बालुवा, डन्डी, झ्याल, ढोका, पाइप लाइन, बिजुली आदि अनिवार्य सामग्री हुन्। टायल, मार्वल, रङ, मोडुलर किचन, स्यानिटरी, फल्स सिलिङ, बत्ती, पार्केटिङ अतिरिक्त हुन्। यीबाहेक पनि घर बनाउन सकिन्छ।

 

यहाँ अत्यावश्यक सामग्रीको मात्र कुरा गरिएको छ।

 

नक्सा र डिजाइनः

नगरपालिकामा नक्सा पास नगरी घरको जग खन्न पाइँदैन। त्यसैले सबभन्दा पहिले नक्सा र डिजाइनको काम गर्नुपर्छ। नक्सा र डिजाइनको पाटो घरको जग राख्नु बराबर मानिन्छ। नगरपालिकाका इञ्जिनियरको सहजिकरणमा नक्सा बनाउँदा प्रायः सबैको घर उस्तै उस्तै देखिन्छ। तर नक्साकै आधारमा जीवनकै महत्वपूर्ण काम अघि बढ्ने भएपछि सम्झौता गर्ने कुरा पनि भएन।

 

राम्रो नक्साले घरमा लाग्ने खर्च र समय अनुमान गर्न सहयोग गर्छ। घर बनाउँदै जाँदा बजेटभन्दा दोब्बर खर्च हुन नदिन पनि नक्सा र डिजाइन गर्नु आवश्यक छ।

 

चार आनामा बनाइने एक तले घर बनाउन कम्तीमा एक लाख र बढीमा दुई लाख रूपैयाँ खर्च लाग्छ। इञ्जिनियरको अनुभव र निर्माण कम्पनीको विश्वसनीयताका आधारमा पनि मूल्य तय हुन्छ। इन्टेरियर थ्रिडीसहित डिजाइन गर्दा प्रतिवर्गफुट एक सय रूपैयाँ थप शुल्क तिर्नुपर्छ।

 

ठेकदार ज्यालाः

 

घर बनाउन सुरू गर्नु पहिल्यै ठेकेदार खोज्नुपर्छ। ज्यालाको सम्झौता भइसकेपछि मात्रै निर्माण अघि बढ्ने भएकाले यो पाटो निकै महत्वपूर्ण हुन्छ।

 

देशका विभिन्न स्थानमा ठेक्का लगाउने चलन फरक फरक हुन्छ। काठमाडौं उपत्यकाको कुरा गर्दा निजी घर निर्माणका लागि वर्गफुट नापका आधारमा र निर्माण सामग्रीका आधारमा गरी दुई किसिमले ठेक्कामा दिने चलन छ।

 

वर्गफुट नापका आधारमा ठेक्का दिँदा पहिलो तलाको ढलान सकिएपछि छत, बरन्डा र झ्यालको माथिल्लो भागमा हुने छानोले ओगटेको भाग नापिन्छ। चलन चल्ती र निर्माणको सम्झौता अनुसार प्रतिवर्गफुट चार सयदेखि पाँच सय रूपैयाँसम्म ठेकेदारले ज्याला लिन्छन्। यदि एक सम्पूर्ण छतको नाम एक हजार वर्गफुट भए पाँच लाख रूपैयाँ प्रति तला ठेकेदारलाई तिर्नुपर्छ।

 

त्यस्तै निर्माण सामग्रीको दरअनुसार ठेक्कामा दिँदा जग राखेको, पिलर उठाएको, ढलान गरेको, गारो लगाएको अलग अलग दर कायम गरी पैसा तिरिन्छ। यहाँ काम सकिनासाथ पैसा तिर्नुपर्ने हुन्छ। यसमा पनि आपसी समझदारी अनुसार रकम तय हुन्छ।

 

यो ठेकेदारले काम गरिदिएको ज्याला मात्रै हो। यसमा सामग्री घरधनीले नै किन्नुपर्छ। यी दुवै ठेकेदारी प्रणालीमा काम गर्दा लाग्ने समय, काम गर्ने स्थान, कामको किसिम लगायत कुराले लागत निर्धारण गर्छ। सामान्य समयभन्दा चाँडो घर बनाउन परे, लामो दूरीमा निर्माण सामग्री ढुवानी गर्नुपरे वा जटिल वा नौलो डिजाइन जस्ता कुराले ज्याला बढ्छ।

एक तले घरमा लाग्ने सिमेन्टको अनुमान गर्दा घरमा राखिने पिलर र बिमको आकारलाई ध्यान दिनुपर्छ। त्यस्तै गारोको आकारले पनि सिमेन्टको लागत निर्धारण गर्छ। नौ इन्चको गारो लगाउँदा भन्दा पाँच इन्चको गारो लगाउँदा सिमेन्ट कम लाग्छ। त्यस्तै नौ वटा पिलर राख्दा कम र बाह्र वटा पिलर राख्दा लागत बढी लाग्छ।

 

आठ सयदेखि एक हजार वर्गफिटमा बन्ने घरका लागि बढीमा तीन सय बोरा ओपिसी अनुमान गर्नुपर्छ। त्यस्तै जोडाइ, प्लास्टर र फिनिसिङमा करिब तीन सय बोरा पिपिसी लाग्छ।

 

दुवै मिलाएर करिब छ सय बोरा सिमेन्ट लाग्छ।

 

अहिले ओपिसीको कारखाना मूल्य पचास किलोको प्रतिबोरा सात सय पचासदेखि आठ सय रूपैयाँ छ। त्यस्तै प्रतिबोरा छ सय पचासदेखि सात सय रूपैयाँसम्म पिपिसी पाइन्छ।

 

यो हिसाबले ओपिसीमा दुई लाख २५ हजारदेखि दुई लाख ४० हजार रूपैयाँ लाग्छ। त्यस्तै पिपिसीमा करिब दुई लाख पाँच हजार रूपैयाँ अनुमान गर्नुपर्छ। यसरी दुवैथरी सिमेन्टमा करिब चार लाख पचास हजार रूपैयाँसम्म खर्च हुन्छ।

 

इँटाः

 

प्राविधिकका अनुसार घरको जग र पहिलो तलामा नौ इन्च गारो लगाउँदा राम्रो हुन्छ। जगमा बलियो पार्नुपर्ने र पहिलो तला तुलनात्मक रूपमा ओसिलो हुनाले मोटो गारो लगाउन सुझाव दिइन्छ।

 

गारोको उचाइ र मोटाइ हिसाब गरेर कुनै पनि घरमा लाग्ने इँटाको संख्या पत्ता लगाउन सकिन्छ। झ्याल र ढोकाको आकारले इँटाको लागत फरक पार्छ। प्रत्येक कोठामा स्ट्यान्डर्ड आकार (लम्बाइ छ फिट र चौडाइ चार फिट) को दुइटा झ्याल र एक वटा ढोका राखेर नौ इन्चको गारो लगाउँदा करिब २८ हजार इँटा अनुमान गर्नुपर्छ।

 

अहिले काठमाडौंमा एक नम्बरी इँटा प्रतिगोटा ढुवानी सहित १८ रूपैयाँसम्म पर्छ। यसरी हिसाब गर्दा एक चार आना क्षेत्रफलमा बनाइने एक तले घरमा करिब पाँच लाख मूल्य बराबरको इँटा किन्नुपर्छ।

 

गिटी–बालुवाः

 

निर्माणमा अति आवश्यक बस्तु हो गिटी–बालुवा। एक तले घरका लागि १४– १५ टिपर गिटी–बालुवा लागत अनुमान गर्नुपर्ने हुन्छ। सामान्य अवस्थामा यसका खर्च करिब चार लाख रूपैयाँ पर्छ।

भर्खरै

सम्बन्धित समाचार

काठमाडौंको नगरपालिकाको मेयरमा राप्रपाको जित

काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाका रमेश नापित मेयर पदमा विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका उम्मदवारलाई ७०४ मतको अन्तरले पराजित...

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति   तीन वटा बीमा कम्पनीहरु प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र...

चुनाव जित्न यस्तो षडेन्त्र गर्दै: रेणु दाहाल

भरतपुरमा एमाले कै चमत्कार, रेणु दाहाललाई झड्का, एमालेका विजय सुवेदी लिडिङ्गमा !   भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेद्वार विजय...

error: