काम गरे के हुदैन र ? भन्ने उदाहरण बनेकी छिन उदयपुर घर भइ हाल काठमाडौको वसन्तपुर बस्दै आएकी २३ वर्षीय सरिता केशी ।
सरिता काठमाडौको ब्यस्त ठाउँ असन आसपासमा थर्मसमा चिया बेचेर हिडेको भेटिन्छिन । नेपालीहरु प्राय सबैको रोजाईमा पर्ने गर्छ चिया । बिहाना, दिउँसो, बेलुका जुनसुकै समयमा पनि पिउन सकिने चिया धेरैले मन पराउँछन । सरिता असन क्षेत्रमा रहेका पसलहरुमा चिया बेच्दै हिड्छिन ।
थोरै लगानीबाट पनि पैसा कमाउन सकिने भएकोले सरिताको रोजाईमा परेको रहेछ चिया व्ब्यापार । सानै भए पनी आफ्नै व्यवसाय गर्छु भनेर चिया बनाउन थालेको सरिता बताउँछिन् । सरिताले चिया बेचेर नै भाई र आफुलाई काठमाडौमा बसेर पढ्ने खर्च बनौदै आएको बताउँछिन ।
सुरुमा घरबाट आमाले यस्तो काम नगर्नु भने पनि पछि अहिले राम्रै गरेको सरिता बताउँछिन् । बुवाबाट आफुले धेरै सहयोग पाएको सरिता बताउँछिन ।
आफुले चिया व्यापार सुरु गर्दा महिनाको दुई सय कपसम्म बेचेको सरिता बताउँछिन । बिस्तारै बिस्तारै अहिले महिनाको चार सय कपसम्म बिक्री हुन थालेको सरिता बताउँछिन् । चियाबाट आफुले राम्रो कमाएको सरिता बताउँछिन् ।
आफुले अहिले चिया बेचेर नै महिनाको एक लाख सम्म नाफा गर्ने गरेको सरिताले बताएकी छिन । बुवा आमाको बोझ कम होस् भनी आफुले चिया बेच्न थालेको उनको भनाई छ । भाइलाई पढाउने जिम्मा पनि सरिता आफैले नै लिएको बताउँछिन् । जति आफुले समय दियो उति फाइदा हुने सरिताको भनाई छ ।
आफुले यसरी चिया बेच्न थालेको १ वर्ष जति भएको सरिता बताउँछिन । आफू चिया बेच्न जादाँ राम्री मान्छेले बनाएको चिया भन्दै ग्राहकहरुले चिया लिने गरेको सरिता बताउँछिन । चिया ब्यापारमा आफ्नो रुपले पनि केही मद्दत गरेको सरिता हास्दै बताउँछिन । ३२ वर्ष सरिता राम्री र हसिली छिन । यसैले पनि धेरैले उनलाई मन पराउँछन ।
आफुले एक कप चिया को १५/२० रुपैयाँ लिने
गरेको भएता पनि मान्छेहरु मायाले यो भन्दा बढी पनि दिने गरेको सरिताको भनाई छ । सरिता बिहान ६ बजे देखि ९ बजे सम्म र बेलुका ३ बजे देखि ६ बजे सम्म चिया बेच्ने गरेको बताउँछिन ।
समय दिन सके अझ बढी कमाई पनि हुने सरिता बताउँछिन । अहिले आफुले चिया बेचेर नै भाइलाई पढाउनुका साथै घरमा पनि पैसा पठाउने गरेको सरिता बताउँछिन् ।
चिया बेचेर नै आफुले सिक्री ,औंठि , फ्रीज जस्ता गहना तथा सामान पनि सरिताले जोडिसकेकी छिन । आफुलाई नाच्न, गाउन र राजनीति गर्न मन पर्ने सरिता बताउँछिन् । लाज मानेर या काम सानो ठूलो भनेर नहुने सरिता बताउँछिन । आफ्नै देशमा जस्तो हुन्छ सानो ठूलो नभनी काम गरे बिदेशमा दुख गर्नु नपर्ने उनको भनाई छ । (भिडियो हेर्नूस)