देश अभिभावक विहीन भयो। जताततै द्धन्द्ध छ कहिले पाउने नेपालीले सान्तीको आवाज : राजेन्द्र लिङ्देन

  • 107
    Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश अभिभावक विहीन भएको बताएका छन् । ठूला राजनीतिक दलले परिवर्तनको नाममा देशलाई अभिभावक विहीन बनाएको बताए । परिवर्तनका लाममा देशलाई लुटेर ठूला दलले राखेको उनले आरोप लगाए ।

देशको प्रगति, विकास र परिवर्तनको बाधक र सबै कुराको दोष राजसंस्थालाई दिएका ठूला पार्टीहरूले राजसंस्था अन्त्यको १४ वर्षसम्म पनि कुनै उपलब्धि हासिल गर्न नसकेको आरोप लगाए ।

‘हिजो सबै कुराको बाधक राजसंस्था हो भने, सबै अप्ठ्यारा राजसंस्थाको टाउकोमा थुपारे’ उनले भने, ‘राजसंस्था अन्त्य भएको १४ वर्ष भयो, खोइ त देशको प्रगति, खोइ परिवर्तन रु त्यो बेला त एउटा राजालाई पाल्नुपरेको थियो, अहिले सयौँ राजालाई पाल्नुपरेको छ ।’

उनले चुनावलाई महंगो र भड्किलो बनाउने, किनेर सांसद मन्त्री बन्ने र बनाउने, संसद्लाई आयआर्जनको श्रोतको रूपमा लिने प्रवृत्ति बढ्दै गएकाले अहिलेको व्यवस्थालाई सुधार गर्न जरुरी रहेको उल्लेख गरे ।

संसद् पूर्ण समानुपातिक हुनुपर्ने, जनताले चुनेको व्यक्ति प्रधानमन्त्री बन्नुपर्ने र सांसद मन्त्री हुन नपाउने व्यवस्था लागू गर्न सकेमा देशमा सुधार हुने उनको भनाई छ । उनले देशले सेवा सुविधा जातका आधारमा नभई गरिबले पाउनुपर्ने व्यवस्था लागिपर्नेमा जोड दिए ।

 

 

 

देश आजसम्मकै कमजोर अवस्थामा रहेको उनले बताए । आँखाले हेर्दा ठीकठाक देखिने देश अहिले प्रजातन्त्रको नाममा, लोकतन्त्रको नाममा कमजोर हुँदै गएको र अभिभावक विहीन अवस्थामा पुगेको जिकिर उनले गरे ।

 

 

धर्म निरपेक्ष राष्ट्र बनाउँदा लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्रको नाममा देश बन्धक बन्दै गएको भन्दै अब देश कसरी सुरक्षित गर्ने भने अवस्था आएको बताए ।

 

 

 

उनले हिन्दु राष्ट्र र राजसंस्था देशको स्थायित्वको आधार भएको बताएका छन् । राष्ट्रिय स्वाधीनताका लागि हिन्दु राष्ट्र र राजसंस्थाको विकल्प नभएको उनले दाबी गरे ।

 

 

 

‘जसरी घर बलियो बनाउन जग बलियो बनाउनु पर्छ त्यसरी नै देश बलियो बनाउन, देशको स्थायित्व कायम गर्न हिन्दु राष्ट्र र राजसंस्था चाहिन्छ,’ उनले भने, ‘यतिवेला हरेक नागरिकले राजसंस्थाको आवश्यकतालाई महसुस गरिरहेका छन् । देशलाई हिन्दु राष्ट्र बनाउनुपर्छ भनेर लागिरहेका छन् ।’

 

 

 

 

राप्रपाको बिहीबार तुलसीपुरमा भएको लुम्बिनी प्रदेशस्तरीय बृहत् आमसभाको उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले देश इतिहासकै कमजोर अवस्थामा गुज्रिरहेको बताए । देश सामान्य अवस्थामा चलेको देखिए पनि बिस्तारै आफ्नो स्वाभिमान र पहिचान गुमाउँदै गएको बताए ।

 

 

अहिलेको नेतृत्वबाट देशको परिवर्तन संभव नभएको भन्दै देशको राष्ट्रियता, स्वाधिनता र निष्पक्षताको पार्टी राप्रपा मात्र भएको दाबी गरे । उनले आधुनिकताको नाममा कर्म, परम्परा, संस्कृति नर्बिसिएर पनि देशमा परिवर्तनमा जान सकिन्छ भन्ने मान्यताका साथमा पार्टी स्थापना भएको बताए ।

 

 

महामन्त्री डा।धवलसमशेर राणाले देशमा बेतिथिको जालो मौलाएको बताए । यस्तो जालोलाई तोड्नका लागि नागरिक एकजुट हुनुपर्ने उनको भनाई छ । उनले जनतामार्फत देशमा राजासहितको प्रजातन्त्र ल्याउनुपर्ने भन्दै जनताले अब आफ्नो मत देखाउनुपर्ने बेला आएको बताए ।

भर्खरै

सम्बन्धित समाचार

काठमाडौंको नगरपालिकाको मेयरमा राप्रपाको जित

काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाका रमेश नापित मेयर पदमा विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका उम्मदवारलाई ७०४ मतको अन्तरले पराजित...

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति   तीन वटा बीमा कम्पनीहरु प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र...

चुनाव जित्न यस्तो षडेन्त्र गर्दै: रेणु दाहाल

भरतपुरमा एमाले कै चमत्कार, रेणु दाहाललाई झड्का, एमालेका विजय सुवेदी लिडिङ्गमा !   भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेद्वार विजय...

error: